काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६६९/०८२-८३ र विज्ञापन नं १६६७०/०८२-८३ (आ.प्र.), प्रशासन सेवा, राजस्व समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६७१/०८२-८३ (आ.प्र.), लेखापरीक्षण (निर्देशक) सेवा, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ ।












