२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खरिपाटी होल्डिङ सेन्टरको स्थलगत निरीक्षणमा गृहमन्त्रीसहित मन्त्रीहरूको टोली

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित मन्त्रिपरिषद्का विभिन्न सदस्यले भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अवलोकन गर्दै त्यहाँ आश्रय लिइरहेका सुकुम्वासीसँग छलफल गरेका छन्।

गृहमन्त्री गुरुङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता तथा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले होल्डिङ सेन्टरको अवस्थाबारे जानकारी लिएका हुन्।

अवलोकनका क्रममा मन्त्री रावलले आवश्यक कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गर्ने सरकारको तयारी रहेको बताउँदै त्यसपछि भूमिसम्बन्धी विषयमा कुनै विवाद नउठ्ने गरी काम अघि बढाइएको धारणा व्यक्त गरिन्।

उनले भूमिहीन तथा सुकुम्वासीको समस्या समाधान तत्काल सम्भव नभए पनि दीर्घकालीन रूपमा समाधान हुने गरी सरकार काम गरिरहेको उल्लेख गर्दै यस विषयलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न आग्रह गरिन्।

गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्रीहरूको टोलीले होल्डिङ सेन्टरमा रहेका परिवारसँग प्रत्यक्ष संवाद गर्दै तत्कालीन व्यवस्थापन, आवश्यक सेवा–सुविधा र दीर्घकालीन पुनर्स्थापनाका विषयमा सरकारको तयारीबारे जानकारी गराएको थियो।

यसअघि कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्वासी परिवारलाई अस्थायी रूपमा भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको थियो।

Leave a Reply