काठमाडौँ । विभिन्न राजनीतिक पार्टीमा आबद्ध सुकुम्वासीसँग सम्बन्धित संघ-संगठनहरुले सुकुम्वासीलाई तत्काल लाजपूर्जाको व्यवस्था नगरे सरकारविरुद्ध कडा गर्न गर्ने चेतावनी दिएका छन् ।
आईतवार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध अखिल नेपाल सुकुम्वासी संघलगायतका संघ, संगठनहरुले सरकारलाई यस्तो चेतावनी दिएको हो ।
सरकारले सुकुम्वासीले व्यवस्थापन गरेर ढाँट्ने, छल्ने काम गरिरहेको जिकिर गर्दै अखिल नेपाल सुकुम्वासी संघका इन्चार्ज नहेन्द्र खड्काले त्यसका विरुद्ध आफूले सशक्त आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।
उनले सुकुमबासीहरुका लागि तत्काल लालपुर्जा दिने काम नगरे सरकारविरुद्ध कडा संघर्षमा आफूहरू जाने चेतावनी दिए ।







