३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पहिरोका कारण आठ राजमार्ग अवरुद्ध, हुलाकी राजमार्ग पुनः सञ्चालन

अ+ अ-

काठमाडौँ । देशका विभिन्न स्थानमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण आठ वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार हुलाकी राजमार्ग भने अवरोध हटाइ पुनः सञ्चालनमा ल्याइएको छ।

प्रहरीका अनुसार पर्साको ठोरी गाउँपालिका-२ अन्तर्गत हुलाकी राजमार्गमा पर्ने ढेडुखोला तथा आसपासका खहरे खोलामा आएको बाढीका कारण अवरुद्ध सडक दिउँसोदेखि सञ्चालनमा आएको हो।

तर अन्य प्रमुख सडक खण्डमा भने आवागमन प्रभावित रहेको छ। काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सम्पूर्ण सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ।

त्यस्तै, ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडास्थित कान्तिलोकपथमा पाङदुर, टाकुर्चे र भालु खोलानजिक पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ राजदुवाली खण्ड पनि प्रभावित भएको छ। वर्षाका कारण सडक हिलाम्मे भई सवारी सञ्चालन हुन नसकेको जनाइएको छ। उक्त क्षेत्रमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ।

यसैगरी कास्कीको मादी गाउँपालिका-२ ज्याम्दोस्थित पोखरा-ताङतिङ भित्री सडकमा ग्याबिन पर्खाल भत्किएपछि सडक पूर्णरूपमा बन्द भएको छ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ ढुंगेखोलामा माथिबाट ढंग खसेपछि सालझन्डी-ढोरपाटन सडक खण्ड अवरुद्ध भएको छ।

गुल्मीको कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाटस्थित कालीगण्डकी कोरिडोर पनि पातुखोलाको बहाव बढेपछि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यस्तै, कास्कीको मादी गाउँपालिका-४ भैँसेस्थित मध्यपहाडी लोकमार्ग अन्तर्गतको सडक खण्डमा ओख्रेभिरबाट आएको लेदो, पहिरो र खोलाको पानी सडकमा थुप्रिएपछि यातायात प्रभावित भएको छ।

गुल्मीको मुसिकोट नगरपालिका-५ तल्लो फाँटस्थित रिडी-वामी सडक खण्ड समेत ठाँडो गिरु खोलाको बहाव बढेर सडक कटान भएपछि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षाका कारण अवरुद्ध भएका सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ। यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

0 Comments