३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलनरत करार कर्मचारीसँग प्रधानमन्त्री कार्यालयमा वार्ता, ६ सदस्यीय टोली छलफलमा

अ+ अ-

सिंहदरबारभित्र आन्दोलनरत अस्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारीका प्रतिनिधि र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबीच वार्ता सुरु भएको छ। कर्मचारीका मागबारे ६ सदस्यीय प्रतिनिधिमण्डलले सरकारसँग छलफल गरिरहेको छ।

काठमाडौँ । अस्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारीको आन्दोलन जारी रहेकै बेला कर्मचारी र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आन्दोलनरत कर्मचारीका प्रतिनिधि र प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालबीच छलफल भइरहेको हो।

प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका हल्का सवारी चालक तथा संघर्ष समितिका संयोजक श्याम सापकोटाको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डल वार्तामा सहभागी भएको छ। टोलीमा बिमल प्रसाद आचार्य, चिरञ्जीवी नेपाल, विकास श्रेष्ठ, जितेन्द्र मिश्र र कुमार राउत सहभागी छन्।

सरकारले नयाँ आर्थिक वर्षदेखि अस्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारी व्यवस्थापनसम्बन्धी नीति कार्यान्वयन गर्ने तयारी गरेपछि त्यसको विरोधमा कर्मचारीहरू मंगलबारदेखि आन्दोलनमा छन्। बुधबार उनीहरूले सिंहदरबारभित्रै प्रदर्शन गर्दै आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका थिए।

सरकारले प्रशासनिक खर्च नियन्त्रण र मितव्ययिताको नीतिअन्तर्गत अस्थायी तथा करार कर्मचारीको सट्टा आवश्यक जनशक्ति आउटसोर्सिङमार्फत व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ। यही निर्णय कार्यान्वयन भए ठूलो संख्यामा कर्मचारी सेवाबाट बाहिरिन सक्ने भन्दै कर्मचारीहरूले विरोध जनाउँदै आएका छन्।

आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवा सुरक्षा सुनिश्चित गर्न, आवश्यक प्रक्रिया पूरा गरी स्थायी व्यवस्थापनको उपाय खोज्न, सर्वोच्च अदालतका सम्बन्धित आदेश कार्यान्वयन गर्न तथा सामाजिक सुरक्षा कोषलगायतका सुविधाको सुनिश्चितता गर्न माग गर्दै आएका छन्।

सरकार र कर्मचारी प्रतिनिधिबीच जारी वार्तामा यिनै माग तथा सरकारको कर्मचारी व्यवस्थापनसम्बन्धी निर्णयबारे छलफल भइरहेको जनाइएको छ। वार्ता तथा छलफल जारी छ ।

0 Comments