काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को रिक्त सदस्य पदमा मनोनयनका लागि सम्भावित योग्य व्यक्तिको सूची (रोस्टर) तयार गर्ने प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयले आवश्यक योग्यता पूरा गरेका नेपाली नागरिकबाट रोस्टर सूचीमा समावेश हुन आवेदन माग गरेको हो। इच्छुक व्यक्तिले मन्त्रालयले उपलब्ध गराएको अनलाइन माध्यम वा क्युआर कोड प्रयोग गरी आगामी १४ साउनभित्र आवेदन पेश गर्न सक्नेछन्।
मन्त्रालयका अनुसार प्राप्त आवेदनमध्ये मापदण्ड पूरा गरेका व्यक्तिलाई रोस्टरमा समावेश गरिनेछ। सोही सूचीमा रहेका योग्य उम्मेदवारमध्येबाट नार्कको रिक्त सदस्य पदमा मनोनयन गर्ने प्रक्रिया अघि बढाइने छ।
आवेदनको योग्यता, आवश्यक कागजात तथा अन्य प्रक्रियासम्बन्धी विवरण मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको अनलाइन फारम तथा क्युआर कोडमार्फत हेर्न सकिने मन्त्रालयले जनाएको छ।








