७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-जापान कृषि सहकार्य विस्तारमा जोड, लगानी र प्रविधि हस्तान्तरणबारे छलफल

अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच कृषि क्षेत्रको साझेदारी विस्तार, लगानी अभिवृद्धि तथा आधुनिक प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ।

बिहीबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय कृषि सहकार्यलाई थप प्रभावकारी बनाउने, जापानी लगानी आकर्षित गर्ने, प्रविधि हस्तान्तरण र कृषि अनुसन्धानमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदान-प्रदान भएको कृषि मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री चौधरीले नेपाल र जापानबीच सन् १९५६ देखि कायम कूटनीतिक सम्बन्ध तथा यस वर्ष मनाइँदै आएको ७०औँ वार्षिकोत्सवले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गरिन्। उनले गत फेब्रुअरीमा राष्ट्रपतिको जापान भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिएको भन्दै जापान सरकारप्रति आभार व्यक्त गरिन्।

मन्त्री चौधरीले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानले विगतदेखि पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै विशेषगरी बागवानी, तरकारी तथा फलफूलको मूल्य शृङ्खला विकासमा प्राप्त सहयोग महत्वपूर्ण रहेको बताइन्। गण्डकी प्रदेशमा सञ्चालन भइरहेको गण्डकी एसएचईपी परियोजना र कोशी प्रदेशको बीउबिजन सुधारसम्बन्धी प्राविधिक सहयोग कार्यक्रमबाट कृषि प्रणालीमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै उनले जापान सरकार तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) प्रति धन्यवाद व्यक्त गरिन्।

उनले नेपालमा क्षेत्रीय कृषि बजारको विकास, आधुनिक दुग्ध प्रशोधन उद्योग स्थापना, तरकारी तथा विभिन्न बालीका बीउबिजन उत्पादन, जैविक विषादी तथा मिश्रित रासायनिक मल उत्पादनका क्षेत्रमा जापानी लगानी र प्रविधि आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि जापानको सहयोग अपेक्षित रहेको बताइन्।

भेटवार्तामा कृषि अनुसन्धान, कृषि अध्ययनरत युवाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम सञ्चालन, धान खेतीको यान्त्रीकीकरण तथा ‘प्रिसिजन फार्मिङ’ लगायत आधुनिक कृषि प्रविधिमा दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री चौधरीले जापानमा तीन लाखभन्दा बढी नेपालीको उपस्थितिले जनस्तरको सम्बन्ध थप सुदृढ बनेको उल्लेख गर्दै राजदूत मायदा तोरुको कार्यकालमा कृषि, व्यापार, लगानी तथा आर्थिक साझेदारीका क्षेत्रमा नेपाल-जापान सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरिन्।

0 Comments