१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौती’: उपनेता अर्याल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)संसदीय दलकी उपनेता पद्मा अर्यालले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै निर्वाचन आयोगको प्रमुख चुनौती रहेको बताएकी छिन् ।

मङ्गलवार संघीय संसदको संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा आफ्नो धारणा राख्दै उनले यस्तो बताएकी हुन् । प्रस्तावित आयुक्त वाग्लेको कार्ययोजना र अवधारणा पत्रमाथि टिप्पणी गर्दै उपनेता अर्यालले उनको कानुन पृष्ठभूमि र विगतमा निर्वाचन अधिकृतका रूपमा सँगालेको अनुभव सकारात्मक पक्ष भए पनि कार्य योजनामा नयाँ विषयहरूको कार्यान्वयनको ठोस आधार र पहिचान स्पष्ट नभएको उल्लेख गरिन्।

छलफलका क्रममा अर्यालले निर्वाचनका बेला आयोग, सुरक्षा निकाय र मतदान केन्द्रमा खटिने कर्मचारीहरूबीच प्रभावकारी समन्वय नहुँदा सुरक्षा चुनौती थपिने गरेको बताइन् । विशेषगरी संवेदनशील क्षेत्रहरूमा आपसी समन्वयको अभावले बेवारिसे स्थिति सिर्जना हुने गरेको उनको भनाइ छ ।

उपनेता अर्यालले निर्वाचनका क्रममा भएका गम्भीर त्रुटिहरूका बारेमा पनि आयोगको ध्यानाकर्षण गराइन् । ६० प्रतिशत मत खस्न गाह्रो हुने ठाउँमा ९९ प्रतिशत मत खस्दा पनि आयोगले त्यसलाई स्वाभाविक मान्नु विडम्बनापूर्ण रहेको उनले टिप्पणी गरिन् । वैदेशिक रोजगारीमा गएका र मृत्यु भइसकेका व्यक्तिका नाममा समेत मतदान हुने गरेको प्रमाण पेस गर्दा पनि आयोगले त्यसलाई तथ्यका रूपमा स्वीकार नगरेकोमा उनले आपत्ति जनाइन् ।

उनले भनिन्, ‘जहाँ अनुचित कार्य र धाँधली भइरहेको छ, त्यहाँ आयोगले तत्काल एक्सन लिन नसक्दा त्यस्ता प्रवृत्तिले प्रश्रय पाएका छन् । बुथ कब्जा गर्ने, प्रतिनिधिहरूलाई थुन्ने र भिडियो प्रमाण हुँदाहुँदै पनि आयोगले कारबाही नगर्नु दुस्खद् पक्ष हो ।’

प्रस्तावित आयुक्तले अघि सारेको बायोमेट्रिक मतदाता पहिचान प्रणालीको स्वागत गर्दै अर्यालले यसको खर्च व्यवस्थापन र कार्यान्वयनको सम्भाव्यतामाथि प्रश्न उठाइन् । नेपालको आफ्नै स्रोत र साधनले यसलाई कसरी धान्न सक्छ भन्नेमा स्पष्टता हुनुपर्ने उनको धारणा छ । निर्वाचनसम्बन्धी कानुनको परिमार्जन र विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा पनि ठोस पूर्वाधार र रोडम्याप आवश्यक रहेको उनले बताइन् ।

उम्मेदवारहरूको आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्ने अभ्यास सकारात्मक रहेको उल्लेख गर्दै उनले संवाद र छलफलमार्फत नै निर्वाचन प्रणालीलाई थप परिष्कृत बनाउन सकिने विश्वास व्यक्त गरिन्

0 Comments