१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा नियमित गर्न सरकारलाई गगन थापाको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा प्रवाहलाई तत्काल नियमित बनाउन सरकारसँग आग्रह गरेका छन्।

थापाले सामाजिक सञ्जालमार्फत वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडको घटना अत्यन्त दुःखद र निन्दनीय भएको उल्लेख गरेका छन्।

उनले नागरिकको जीवन रक्षामा खटिने स्वास्थ्यकर्मीहरू आफ्नै कार्यस्थलमा असुरक्षित हुने अवस्था कुनै पनि सभ्य समाजका लागि स्वीकार्य नहुने बताएका छन्। उपचारका क्रममा वा उपचार सेवासँग जोडिएको विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार र भौतिक आक्रमण रोक्न प्रभावकारी कदम आवश्यक रहेको उनको भनाइ छ।

घटनापछि नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिँदा उपचारको प्रतीक्षामा रहेका बिरामी प्रभावित भएको भन्दै थापाले यस्तो अवस्था चिन्ताजनक रहेको उल्लेख गरेका छन्।

उनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कार्यान्वयनमा आइसकेकाले नारायणी अस्पताल घटनामा संलग्न दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन्। साथै, वार्ताका क्रममा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारमा संलग्न अधिकारी तथा प्रहरीको भूमिकाबारे निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ।

थापाले सरकारलाई नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीहरूसँग तत्काल संवाद गरी पेशागत सुरक्षासम्बन्धी माग सम्बोधन गर्न र ओपिडीलगायत अत्यावश्यक स्वास्थ्य सेवा पुनः सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेका छन्।

स्वास्थ्य सेवा अत्यावश्यक क्षेत्र भएकाले बिरामीको अवस्थालाई ध्यानमा राख्दै सेवा अवरुद्ध नगरी वार्ता र संवादबाट समस्या समाधान खोज्न उनले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत आग्रह गरेका छन्।

0 Comments