काठमाडौँ । जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थप नगरी रिहा गर्न आदेश दिएको छ।
आइतबार राति पक्राउ परेका प्रसाईँलाई प्रहरीले अनुसन्धानका लागि म्याद थपको माग गर्दै सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो। उनीविरुद्ध साइबर अपराध, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन शीर्षकमा अनुसन्धान अघि बढाइएको थियो।
प्रहरीले अनुसन्धानका लागि सात दिनको म्याद माग गरेको भए पनि अदालतले म्याद थपको अनुमति नदिएपछि उनलाई रिहा गर्ने आदेश दिएको हो।
अदालतको आदेशसँगै प्रसाईँको रिहाइ प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।






