काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिम पहिरोमा ज्यान गुमाएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ)सहित चार जनाको शव आधार शिविरमा ल्याइएको छ ।
प्राप्त विवरणअनुसार निर्मल पुर्जा, जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरी आधार शिविरमा पुर्याइएको हो । अन्य तीन आरोहीको शव भने अझै फेला नपरेको र खोजी कार्य जारी रहेको जनाइएको छ ।
गत शुक्रबार ब्रोड पिक आरोहणका क्रममा आएको हिम पहिरोमा परी ६ नेपाली र ४ विदेशीसहित १० जना आरोहीको मृत्यु भएको थियो ।
उद्धार टोलीले प्रतिकूल हिमाली परिस्थितिका बीच शव संकलन तथा खोजी कार्य जारी राखेको जनाएको छ ।






