२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गरिबको स्वास्थ्य अधिकार सुनिश्चित गर्न कर्मचारी इमानदार हुनुपर्छ’ : सांसद बराल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले स्वास्थ्य प्रशासनसँग आबद्ध राष्ट्रसेवक कर्मचारीलाई जिम्मेवारी बोध र इमानदारीका साथ काम गर्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा बोल्दै उनले स्वास्थ्य सेवा प्रभावकारी बनाउन कर्मचारीको कार्यशैली सुधार अपरिहार्य रहेको बताए। विशेष गरी गरिब तथा विपन्न नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित हुने गरी सेवा प्रवाहमा संवेदनशीलता र उत्तरदायित्व आवश्यक रहेको उनको भनाइ थियो।

सांसद बरालले स्वास्थ्य क्षेत्रको सुधारका लागि उपचारमुखीभन्दा निरोधात्मक स्वास्थ्य प्रणाली र खाद्य स्वच्छतालाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखे। आयुर्वेद, योग तथा प्राकृतिक चिकित्साको प्रभावकारी विस्तार गर्दै नागरिकको दैनिक जीवनशैलीसँग जोड्नुपर्ने उनको सुझाव थियो।

अस्पताल व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मेडिकल सुपरिटेन्डेन्टको नियुक्ति वरिष्ठताका आधारमा मात्र नभई विषयगत दक्षता र व्यवस्थापकीय क्षमताका आधारमा हुनुपर्ने उनले बताए।

उपचारकै खर्चका कारण धेरै नागरिक गरिबीको रेखामुनि पुगिरहेको उल्लेख गर्दै उनले क्यान्सर, मिर्गौला र कलेजोजस्ता जटिल रोगको उपचारमा राज्यले थप प्रभावकारी नीति र कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

त्यसैगरी, औषधि र खाद्य नियमनलाई एउटै प्राधिकरणअन्तर्गत राख्ने अवधारणाप्रति असहमति जनाउँदै उनले दुवै निकायको कार्यक्षेत्र फरक भएकाले छुट्टै संरचनामार्फत सञ्चालन गरिनुपर्ने बताए। स्वदेशी तथा विदेशी औषधिको गुणस्तर परीक्षणमा पारदर्शिता कायम गर्दै गुणस्तरहीन औषधिको बिक्री वितरण रोक्न स्वास्थ्य मन्त्रालयले कडा निगरानी गर्नुपर्ने उनको माग थियो।

0 Comments