२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगर छापा प्रकरणमा प्रहरी हेडक्वार्टरको स्वीकारोक्ति : सूचना भेरिफाइमा कमजोरी भयो

अ+ अ-

काठमाडौँ । विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा प्रहरीले छापा हानेको घटनामा सूचनाको विश्लेषण र प्रमाणीकरणमा कमजोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले छापा मार्नुअघि प्राप्त सूचनामाथि पर्याप्त विश्लेषण र प्रमाणीकरण हुन नसकेको बताएका हुन्।

पत्रकारले विराटनगर छापा प्रकरणबारे सोधेको प्रश्नमा काफ्लेले भने, ‘सूचना आएपछि त्यसको विश्लेषण र भेरिफाइमा जति काम हुनुपर्ने हो, त्यो भएको देखिँदैन।’

प्रहरी प्रधान कार्यालयले उक्त घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग स्पष्टीकरणसमेत मागेको छ।

व्यवसायी मुदण्डाको घरमा छापा मार्नुको आधार र कारण खुलाएर लिखित जवाफ पेस गर्न एसपी कटवाललाई भनिएको हो।

प्रहरी प्रधान कार्यालयको प्रारम्भिक निष्कर्षमा सूचना प्राप्त भएपछि त्यसको विश्वसनीयता पुष्टि तथा आवश्यक विश्लेषण गर्ने प्रक्रियामै कमजोरी देखिएको प्रवक्ता काफ्लेको भनाइ छ।

घटनाको विषयमा सम्बन्धित प्रहरी अधिकारीसँग लिखित जवाफ मागिएको अवस्थामा त्यसबाट आउने विवरणका आधारमा थप प्रक्रिया अघि बढ्ने देखिएको छ।

0 Comments