२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरबार प्रवेशमा पत्रकारलाई कडाइ

अ+ अ-

काठमाडौँ । सरकारले बिहीबार सिंहदरबार प्रवेशमा पत्रकारमाथि कडाइ गरेको छ। सामान्य अवस्थामा सूचना तथा प्रसारण विभागबाट जारी प्रेस प्रतिनिधि परिचयपत्र देखाएर प्रवेश पाउँदै आएका पत्रकारलाई बिहीबार भने थप सुरक्षा जाँचसँगै नाम टिपाएर मात्रै प्रवेश अनुमति दिइएको छ।

संसदीय समितिको बैठकको समाचार संकलनका लागि सिंहदरबारको प्रवेशद्वारमा पुगेका पत्रकारलाई सुरक्षा निकायले परिचयपत्र देखाएकै आधारमा प्रवेश नदिई माथिबाट नाम टिपाएपछि नाम तथा आवश्यक विवरण अभिलेख गरेपछि मात्रै भित्र जान दिएको हो। केही पत्रकारलाई प्रवेशका लागि सम्बन्धित निकायबाट नाम आउनुपर्ने भन्दै रोकिएकोसमेत बताइएको छ।

यसअघि आधिकारिक प्रेस परिचयपत्र देखाएपछि पत्रकारले तुलनात्मक रूपमा सहज रूपमा सिंहदरबार प्रवेश पाउँदै आएका थिए।

श्रेष्ठ पक्राउपछि सुरक्षा कडा
जनआस्था सम्पादक पत्रकार किशोर श्रेष्ठलाई गोपनीयता भंगसम्बन्धी विषयमा प्रहरीले पक्राउ गरेपछि सिंहदरबारको सुरक्षा व्यवस्थासमेत थप कडा पारिएको छ। कर्मचारीबाहेक सिंहदरबार प्रवेश गर्ने व्यक्तिको परिचयपत्र जाँचसँगै नाम तथा आवश्यक विवरण टिपेर मात्रै प्रवेश अनुमति दिन थालिएको हो।

यद्यपि, पत्रकारमाथि गरिएको प्रवेश कडाइ श्रेष्ठको पक्राउसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको भन्नेबारे सरकार वा सुरक्षा निकायबाट औपचारिक जानकारी सार्वजनिक भएको छैन।

पत्रकारको विरोध
पत्रकार श्रेष्ठ पक्राउको विरोधमा पत्रकारहरुले विरोधका कार्यक्रम अघि बढाएका छन्। समाचार सामग्रीसँग सम्बन्धित विवादमा नियामक तथा न्यायिक उपचारका संयन्त्र हुँदाहुँदै प्रहरीमार्फत पक्राउ गरिएको भन्दै पत्रकारहरूले प्रश्न उठाएका छन्।

0 Comments