२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

अ+ अ-

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज निर्माणको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले सरकारले मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय गरेको छ।

आगामी भदौ २० गते मनाइने दिवसका लागि “प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता” भन्ने राष्ट्रिय नारा तय गरिएको महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

प्रविधिको तीव्र विस्तारसँगै मानव बेचबिखन तथा ओसारपसारका स्वरूप र माध्यमसमेत परिवर्तन भइरहेको सन्दर्भमा प्रविधिको सही प्रयोग र नागरिक सजगतालाई बेचबिखन रोकथामको महत्वपूर्ण आधारका रूपमा अघि सार्दै यस वर्षको नारा तय गरिएको हो।

विशेष गरी सामाजिक सञ्जाल, अनलाइन रोजगारी तथा वैदेशिक रोजगारीका नाममा हुने झुटा प्रलोभन, ठगी र शोषणबाट नागरिकलाई जोगाउन डिजिटल माध्यमको सुरक्षित तथा जिम्मेवार प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य नाराले बोकेको छ।

मन्त्रालयका अनुसार दिवसका अवसरमा मानव बेचबिखनको जोखिम न्यूनीकरण, रोकथाम, पीडितको संरक्षण तथा पुनर्स्थापना र सरोकारवाला निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सन्देश प्रवाह गरिनेछ।

मानव बेचबिखन नियन्त्रण सरकारको मात्र जिम्मेवारी नभई तीनै तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, परिवार र समुदायको साझा दायित्व भएकाले सामूहिक ऐक्यबद्धतामार्फत मानव बेचबिखनमुक्त राष्ट्र निर्माणमा जोड दिइएको मन्त्रालयले जनाएको छ।

0 Comments