११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीको पूर्वसूचना नदिएको आरोप चिनियाँ दूतावासद्वारा खण्डन

रसुवागढी–केरुङ सीमा क्षेत्रमा आएको विपदबारे चीनले नेपाललाई पूर्वसूचना नदिएको भन्ने आरोपलाई चिनियाँ दूतावासले ‘फेक न्युज’ भन्दै खण्डन गरेको छ।

अ+ अ-

काठमाडौँ । काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–केरुङ सीमा क्षेत्रमा आएको विपद्बारे चीनले नेपाली पक्षलाई पूर्वसूचना नदिएको भन्ने आरोपको खण्डन गरेको छ।

दूतावासले बिहीबार सार्वजनिक गरेको सामग्रीमा चीनले पूर्वसूचना जारी नगर्दा नेपालतर्फ ठूलो मानवीय क्षति भएको भन्ने विवरणलाई ‘फेक न्युज’ भनिएको छ। चीनतर्फ भूगर्भीय विपद्का कारण बनेको बाँध भत्किएर नेपालमा ठूलो क्षति पुगेको भन्ने विवरणलाई पनि दूतावासले गलत दाबीका रूपमा प्रस्तुत गरेको छ।

दूतावासले सार्वजनिक गरेको विवरणअनुसार अगस्ट २६ को बिहान नेपालतर्फ भूकम्प वा भूकम्पजस्तै प्रभाव पार्ने गरी हिमनदी भत्किएको थियो। त्यसपछि ठूलो परिमाणमा हिलोसहितको पहिरो गएको र केरुङ–रसुवागढी सीमा क्षेत्रमा नेपाल र चीन दुवैतर्फ मानवीय क्षति भएको दूतावासको भनाइ छ।

उक्त घटनामा दुवैतर्फ मानिसहरू बेपत्ता भएकोसमेत दूतावासले उल्लेख गरेको छ।

दूतावासले विपद्का बेला आरोपभन्दा आपसी सहकार्यमा जोड दिनुपर्ने सन्देशसमेत दिएको छ। उसले सार्वजनिक गरेको सामग्रीमा “आरोपले केही समाधान गर्दैन, सहकार्यले जीवन बचाउँछ” उल्लेख छ।

0 Comments