१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

अ+ अ-

काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ अन्तर्गत पृथ्वी राजमार्गको कृष्णभीर सडक खण्डमा कटान भई आवागमन अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाएको छ ।

सडक अवरुद्ध हुँदा ग्यास ढुवानीमा असुविधा हुन सक्ने भएकाले एलपी ग्यास उद्योगीहरूसँग छलफल गरी वैकल्पिक आपूर्ति व्यवस्था गरिएको निगमद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 

त्यसअनुसार बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी तथा अन्य जिल्लामा रहेका ग्यास उद्योगहरूले आफूलाई पायक पर्ने अन्य ग्यास उद्योगसँग समन्वय गरी आफ्ना खाली बुलेट खुलाइ सिलिन्डर रिफिल गर्ने व्यवस्था मिलाउने छन् । कृष्णभीरको बाटो नखुलेसम्म ट्रकमा एलपी ग्यासका सिलिन्डर राखी वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री वितरण गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।

त्यसैगरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिका लागि ट्यांकर तथा ट्रकलाई स्थानीय प्रशासनसँगको समन्वयमा वैकल्पिक मार्गबाट काठमाडौँसम्म ल्याई आपूर्ति सहज बनाउने व्यवस्था गरिएको निगमले जनाएको छ । निगमले बाढी तथा सडक अवरोधका कारण पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा समस्या नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्थालाई निरन्तरता दिने जनाएको छ ।

0 Comments