१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै

अ+ अ-

धनुषा । मधेस प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री आज त्यसतर्फ पुर्‍याउँदै छ । 

मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले राहत सामग्री आज पठाउन लागेको हो ।  

बैठकमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा छलफल भएको गृह, सञ्चार तथा कानुनमन्त्री महतोले जानकारी दिए।

मन्त्री महतोका अनुसार आज सात हजार थान कम्बल र ७०० थान अस्थायी आवासका लागि टेन्ट पठाइनेछ । बाढीका कारण विस्थापित परिवारको व्यवस्थापन तथा प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन प्रदेश सरकारका तर्फबाट थप सहयोग र समन्वय गरिने उनले बताए।

“प्रदेश सरकारले दोस्रो चरणको राहत पठाउन लागेको हो । पहिलो चरणमा रु ५५ लाख पठाइएको थियो । अहिले कम्बल र टेन्ट पठाउने निर्णय भएको छ,” मन्त्री महतोले भने, “आगामी दिनमा राहतका लागि थप के सहयोग गर्न सकिन्छ भन्ने विषयमा मङ्गलबार पुनः बैठकमा छलफल हुनेछ ।”

बाढी प्रभावित नागरिकको जीवनरक्षा र मानवीय सहायता सरकारको प्रमुख दायित्व भएकाले विपद्का बेला आवश्यक राहत तथा सहयोगलाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउने विषयमा बैठकमा जोड दिइएको थियो ।

0 Comments