१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावितका लागि १६ हजार ६ सय किलो तरकारी पठाइयो

अ+ अ-

काठमाडौँ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १६ हजार ६ सय किलो तरकारी पठाइएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहल तथा निर्देशनमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भदौ १३ देखि १५ गतेसम्म विभिन्न चरणमा त्रिशूली र धादिङका प्रभावित क्षेत्रमा उक्त परिमाणको तरकारी पठाएको हो।

समितिले भदौ १३ गते त्रिशूलीका लागि पाँच हजार किलो हरियो तरकारी पठाएको थियो। भदौ १४ गते त्रिशूलीका लागि दुई हजार पाँच सय किलो सिमी, भेडे खुर्सानी, बन्दा, प्याज र आलु पठाइएको थियो।

सोही दिन धादिङका बाढी प्रभावितका लागि दुई हजार आठ सय किलो हरियो तरकारी पठाइएको जनाइएको छ।

भदौ १५ गते धादिङका लागि एक हजार तीन सय किलो लौका, करेला, घिरौँला, बोडी, सिमी र फर्सी पठाइएको थियो। त्यही दिन थप दुई हजार पाँच सय किलो आलु, लौका, घिरौँला, काँक्रो र गोलभेँडा पठाइएको थियो।

भदौ १५ गते नै त्रिशूलीका लागि दुई हजार पाँच सय किलो लौका, करेला, घिरौँला, बन्दा र भण्टालगायतका तरकारी पठाइएको छ। तरकारीसँगै चामल, कपडा र साबुनसमेत प्रभावित क्षेत्रमा पठाइएको जनाइएको छ।

यसरी भदौ १३ देखि १५ गतेसम्म त्रिशूलीमा १० हजार किलो र धादिङमा छ हजार छ सय किलो गरी कुल १६ हजार छ सय किलो तरकारी पठाइएको हो।

विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक खाद्य सामग्री उपलब्ध गराउन स्थानीय तह, कृषक, व्यवसायी तथा सम्बन्धित निकायबीचको समन्वयलाई निरन्तरता दिइएको मन्त्री चौधरीले बताएकी छन्।

0 Comments