काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा आफूलाई प्राप्त सहयोग, सहकार्य र सद्भावप्रति आभार व्यक्त गरेकी छन्।
मन्त्री पदबाट राजीनामा बुझाएपछि यादवले आफ्नो कार्यकालमा मन्त्रालयसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएर सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेकी हुन्।
यादवले मन्त्रालयको जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त सहयोग र सहकार्यले आफूलाई काम गर्न सहज बनाएको उल्लेख गर्दै सम्बन्धित सबैप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।
उनको सचिवालयले सार्वजनिक गरेको जानकारी अनुसार यादवले व्यक्तिगत कारण देखाउँदै बिहीबार (आजै) प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पदबाट राजीनामा बुझाएकी थिइन।
राजीनामापछि जारी सन्देशमा उनले आफ्नो कार्यकालमा मन्त्रालयका कामकारबाहीमा सहयोग पुर्याउने कर्मचारी, सम्बन्धित निकाय तथा सरोकारवाला पक्षप्रति कृतज्ञता व्यक्त गरेकी छन्।






