३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएकाहरूको पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले पूर्ण रूपमा पहिचान भई परिवारले दाबी गरेको शव समेत सरकारले हस्तान्तरण गर्न नमानेको गुनासो पीडित परिवारले गरिरहेको बताइन् । उनले व्यवस्थापन गरिसकिएका शवको डिएनए रिपोर्ट आउन ढिलाइ भइरहेकोप्रति पनि आपत्ति जनाइन् । उनका अनुसार डिएनए परीक्षणका लागि प्रहरी अस्पतालमा रगतको नमूना दिएको १५ दिन बितिसक्दा पनि रिपोर्ट आएको छैन । उनले सबै शवको डिएनए रिपोर्ट एकै पटक निकाल्ने तयारी गरिएकाले समय लाग्ने जानकारी पीडित परिवारले पाएको समेत बताइन् । उनले अनुहारसहित स्पष्ट रूपमा पहिचान भइसकेको शव परिवारलाई हस्तान्तरण गरिनुपर्ने बताइन् ।

उनले भनिन्,‘सरकार पक्षको एउटै कुरा छ, व्यवस्थापन गरिसकेको शवको डिएनएको रिपोर्ट म्याच भएपछि मात्रै दिन्छौँ भन्ने रहेको छ । पुलिस अस्पतालमा उहाँहरूले डिएनएको लागि रगत दिएको पनि १५ दिन भइसकेको छ । अझै पनि रिपोर्ट आएको छैन । डिएनए प्रमुखले सबैको डिएनए रिपोर्ट एकै पटक निकाल्ने भएको कारण समय लाग्ने कुरा गरेको पीडितको गुनासो छ । हामीले अन्तर्राष्ट्रिय जगतलाई पनि जवाफ दिनुपर्ने भएको कारण ३, ४ महिना पनि लाग्न सक्छ भन्ने कुरा गर्नुभएको रहेछ । उहाँ एक जना मात्र नभई यो अवस्थाबाट गुज्रिरहेको धेरै जना हुनुहुन्छ । पीडा भएको मान्छे यतिधेरै कुर्न सक्दैन । यस विषयमा राज्यको संवेदनशीलता आवश्यक छ । अनुहारसहित स्पष्ट रूपमा शव पहिचान गरेर गरिएको दाबी भएको कारण म राज्यसँग स्पष्ट अनुरोध गर्न चाहन्छु, पहिचान भइसकेका शवलाई सम्बन्धित परिवारलाई जिम्मा दिनुपर्‍यो । होइन डिएनए नै चाहिने हो भने छिट्टै रिपोर्ट आउने व्यवस्था गरिदिनुपर्‍यो भन्ने उनीहरूको माग छ । पूर्ण पहिचान भएका शवको सनाखत गरी तत्काल हस्तान्तरण गरिदियोस् भनेर अनुरोध गर्न चाहन्छु ।’

डिएनए परीक्षण अनिवार्य भए रिपोर्ट छिटो उपलब्ध गराउने व्यवस्था गर्न ओलीले सरकारको ध्यानाकर्षण गराइन् ।

0 Comments