काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र साहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् ।
मंगलवार सभामुख डोलप्रसाद अर्यालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन् । महासभामा भाग लिन जानुअघि नेपालले उठाउने विषयलाई एकरूपमा बनाउन र नेपालले उठाउन लागेको विषयमा जानकारी गराउन सर्वदलीय बैठक आवश्यक रहेको उनले बताए। तर सर्वदलीय बैठकमा प्रधानमन्त्रीले कुनै चासो नदेखाएको उनको आरोप छ ।
प्रधानमन्त्रीले महासभामा नेपालको वर्तमान परिस्थिति र राष्ट्रिय भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने उनको भनाई छ । महासभामा सीमित समय मात्रै बोल्न पाइने भएकाले साइड टक तथा अन्य कूटनीतिक भेटवार्ताका विषयमा समेत सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।
उनले भने, ‘महासभामा १–२ घण्टा बोल्न पाइने होइन, मुस्किलले ५–६ मिनेट समय पाइन्छ । त्यति समयमा धेरै कुरा भन्न सकिँदैन । तर हामीले भन्नुपर्ने कुरा धेरै छन्, साइड टकहरू पनि केही हुन्छ । त्यसको विषयमा तयारी के हो रु त्यस विषयमा देशैभित्र पनि सर्वदलीय संयन्त्रको बैठक बोलाएर उहाँ आफैँको नेतृत्वमा छलफल र बहस गर्नुपर्थ्यो कि पर्दैनथ्यो ?’
उgले महासभामा उठाइने विषय र नेपालको धारणा तय गर्न देशभित्रै सर्वदलीय संयन्त्रको बैठक बोलाएर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए ।






