काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३७ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयको २०८३ असोज २ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारीलाई विभिन्न मन्त्रालय, विभाग, आयोग तथा स्थानीय तहमा सरुवा तथा कामकाजमा खटाइएको हो।
सरुवा तथा कामकाजको निर्णयमा विभिन्न गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई अन्य निकाय तथा स्थानीय तहमा पठाइएको छ भने संघीय मन्त्रालय, विभाग र आयोगमा कार्यरत शाखा अधिकृतहरूलाई विभिन्न स्थानीय तहमा कामकाजका लागि खटाइएको छ। सूचीमा स्थानीय तहबीच प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेरसमेत गरिएको छ।






