५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार सहसचिवको जिम्मेवारी हेरफेर, अर्थको बजेटमा बास्तोला

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले चार सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले महाशाखा तथा मातहतका निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।

बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका सहसचिव सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। राजस्व व्यवस्थापन महाशाखा प्रमुखको पद केही समयदेखि रिक्त थियो।

दाहाललाई राजस्व व्यवस्थापन महाशाखामा पठाएसँगै बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी बन्धुप्रसाद बास्तोलालाई दिइएको छ। बास्तोला हालै लुम्बिनी प्रदेशबाट सरुवा भएर अर्थ मन्त्रालय आएका हुन्।

त्यस्तै, कोसी प्रदेशबाट सरुवा भई अर्थ मन्त्रालय आएका सहसचिव नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ।

यसैगरी प्रेम आचार्यलाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी दिइएको छ। कार्यालयका प्रमुख कर प्रशासक केदारनाथ शर्माले राजीनामा दिएपछि रिक्त भएको जिम्मेवारी आचार्यलाई दिइएको हो।

शर्मा आगामी फागुनमा ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै थिए। अनिवार्य अवकाशमा जान करिब ६ महिना बाँकी रहँदै उनले राजीनामा दिएका हुन्।

यस्तै, हालै लोक सेवा आयोगको कोसी प्रदेश कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका सहसचिव गोकुल बास्तोलालाई सह-महालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ।

0 Comments