७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय गाडी नियन्त्रणपछि भन्सार अधिकृतको एसपीलाई फोन, गृहमन्त्री र आइजिपीसम्म पुग्ने चेतावनी

अ+ अ-

काठमाडौँ । राजस्व छलीको आशंकामा भारतीय मालवाहक ट्रक नियन्त्रणमा लिइएपछि कञ्चनपुर भन्सार कार्यालयका एक अधिकृत र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखबीच भएको भनिएको टेलिफोन संवादको अडियो सार्वजनिक भएको छ। अडियोमा भन्सार अधिकृतले गाडी नियन्त्रणमा लिएको विषयलाई लिएर गृहमन्त्री र प्रहरी महानिरीक्षक (आइजिपी) सम्म पुग्ने तथा कारबाही गराउने चेतावनी दिएको सुनिन्छ।

गड्डाचौकी भन्सार कार्यालयबाट जाँचपास भइसकेको भारतीय मालवाहक गाडी कैलालीको अत्तरियामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालयका अधिकृत चक्रदेव भट्ट र सशस्त्र प्रहरी बल कैलालीका प्रमुख एसपी खुमबहादुर केसीबीच टेलिफोनमा विवाद भएको बताइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोमा भट्टले गड्डाचौकीबाट प्रक्रिया पूरा गरी छुटेको गाडी कैलालीमा किन रोकिएको भन्दै एसपी केसीसँग प्रश्न गरेका छन्। जवाफमा केसीले न्यून मूल्यांकन (अन्डर बिलिङ) को आशंकामा गाडी नियन्त्रणमा लिइएको बताएका छन्।

त्यसपछि भट्टले गाडी तत्काल भन्सारमा पठाउन आग्रह गर्दै त्यसो नगरिए गृहमन्त्री र आइजिपीसम्म पुग्ने चेतावनी दिएको अडियोमा सुनिन्छ। केसीले भने गाडी भन्सारमा पठाउने तयारी भइरहेको बताएका छन्।

‘पैसा नपाएपछि समातेको होइन ?’
सार्वजनिक अडियोमा भन्सार अधिकृत भट्टले गाडी नियन्त्रणका क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको विषयमा समेत प्रश्न उठाएका छन्।

उनले गाडी नियन्त्रणमा लिन ठूलो टोली परिचालन गर्नुको कारण सोध्दै आर्थिक लेनदेनसँग जोडेर समेत प्रश्न गरेको सुनिन्छ।

अडियोमा भट्टले ‘पैसा नपाएपछि समातेको होइन सर त्यो ?’ भन्दै प्रश्न गरेको सुनिन्छ। त्यसको जवाफमा एसपी केसीले आफूलाई त्यसबारे जानकारी नभएको बताएका छन्।

संवादको अन्त्यतिर भट्टले केसीलाई समेत कारबाही गराउने आशयको चेतावनी दिएको सुनिन्छ।

अन्डर बिलिङको आशंकामा गाडी नियन्त्रण
विवादको केन्द्रमा रहेको भारतीय नम्बर प्लेट यूपी ३१ सीटी १३०३ को ट्रकमा टायर तथा ट्युब रहेको बताइएको छ। उक्त ट्रक गड्डाचौकी भन्सारबाट जाँचपास भएर गन्तव्यतर्फ जाँदै गर्दा राजस्व चुहावट भएको विशेष सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले अत्तरियामा नियन्त्रणमा लिएको बताइएको छ।

सुरक्षा निकायका अधिकारीहरूका अनुसार भन्सारमा मालवस्तुको न्यून मूल्यांकन गरी राजस्व छली गरिएको हुन सक्ने आशंकामा गाडी नियन्त्रणमा लिइएको हो।

भन्सार अधिकृत भट्टले भने सार्वजनिक अडियोमा प्रक्रिया पूरा गरी जाँचपास भइसकेको गाडीलाई बाटोमा पुनः नियन्त्रणमा लिइएको भन्दै असन्तुष्टि जनाएका छन्।

नियन्त्रणमा लिइएको गाडी कैलाली भन्सार हुँदै थप छानबिनका लागि पुनः कञ्चनपुर भन्सार कार्यालयमा पठाइएको बताइएको छ।

सार्वजनिक अडियोबारे सशस्त्र प्रहरीको अनुसन्धान
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता नेत्रबहादुर कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। सार्वजनिक भएको अडियोका सम्बन्धमा समेत आवश्यक जाँचबुझको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

यस विषयमा भन्सार अधिकृत भट्टको धारणा लिन प्रशासनले पटक–पटक टेलिफोन सम्पर्कको प्रयास गरेको थियो। तर उनको फोन नउठेकाले प्रतिक्रिया प्राप्त हुन सकेन।

सार्वजनिक भएको अडियोको आधिकारिकता तथा त्यसमा सुनिएका सबै सन्दर्भबारे सम्बन्धित निकायको अनुसन्धानबाट थप तथ्य खुल्न बाँकी छ।

भन्सारबाट जाँचपास भइसकेको मालवाहक सवारीलाई राजस्व चुहावटको आशंकामा बाटोमै पुनः नियन्त्रणमा लिइएको घटना र त्यसपछि दुई सरकारी निकायका जिम्मेवार अधिकारीबीच भएको भनिएको संवाद सार्वजनिक भएपछि विषय चर्चामा आएको छ।

घटनाले सीमावर्ती क्षेत्रमा भन्सार प्रशासन र सुरक्षा निकायबीचको समन्वय, जाँचपासपछिको निगरानी तथा राजस्व चुहावट नियन्त्रणको कार्यप्रणालीबारे समेत प्रश्न उठाएको छ।

0 Comments