८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्युयोर्कमा परराष्ट्र मन्त्रीको व्यस्त कार्यसूची

अ+ अ-

न्युयोर्क । संयुक्त राष्टसंघको ८१औँ महासभामा भाग लिन अमेरिकी सहर न्युयोर्कमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालको कार्यसूची निकै व्यस्त देखिएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान न्युयोर्क पुगेका परराष्ट्र मन्त्री खनाल राष्ट्रसंघीय महासभामा भाग लिन आएका विभिन्न देशका विदेशमन्त्री तथा प्रतिनिधि मण्डलसँगको भेटघाटमा व्यस्त भएका हुन् ।

व्यस्त कार्यसूचीकाबीच सोमबार साँझदेखि नै यहाँ आयोजित द्विपक्षीय, बहुपक्षीय र सामरिक रूपमा महत्त्व रहेका कार्यक्रममा सहभागिता जनाउनुका साथै उनले विभिन्न संस्थाका प्रतिनिधिसँग भेटघाट गरिरहेको संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी
नियोगले जनाएको छ ।

मन्त्री खनालले बुधबार मात्र भारतीय विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस अवसरमा मन्त्री खनालले नेपालमा गत भदौ १० गते गएको रसुवा बाढीका बारेमा प्रारम्भिक जानकारी गराउनुहुँदै दु:खद् क्षणमा छिमेकी मित्रराष्ट्र भारतले नेपाललाई गरेको सहयोगको प्रशंसा गरेका थिए ।

त्यस अवसरमा भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्र मन्त्री खनालमार्फत नेपाल र नेपाली जनताप्रति हार्दिक सहानुभूति व्यक्त गरेका थिए ।

त्यसैगरी, नेपालको मित्रराष्ट्र जापानका परराष्ट्र मन्त्री मोतेगी तोसिमीत्सुसँग पनि मन्त्री खनालले भेटवार्ता गरे । त्यस अवसरमा मन्त्री खनालले नेपालको हालैको विपत्तिसँग जुध्न तथा नेपाललाई परेको विपद्का बेलामा जापानले नेपाललाई गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

सो भेटका अवसरमा बाढीपछिको असहज अवस्थामा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गदै जापानी परराष्ट्रमन्त्रीले नेपालको आपत्कालीन अवस्थालाई दृष्टिगत गरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन रूपमा सहयोग गर्न तयार रहेको जानकारी गराएका थिए ।

उनले आपत्कालीन सहयोगअन्तर्गत ३० लाख अमेरिकी डलर तत्कालै उपलब्ध गराइने जानकारी पनि मन्त्री खनाललाई दिएका थिए । दुवै देशका परराष्ट्रमन्त्रीहरु यहाँ आयोजित संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत ‘साइडलाइन’ बैठकमा परराष्ट्र«मन्त्री तोसिमीत्सुले उक्त भनाइ राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका अवसरमा मन्त्री तोसिमीत्सुले नेपालमा भएको महाविपत्तिको कारणले व्यहोर्नुपरेको क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै पीडित परिवारजनमा सहानुभूति रहेको दोहोर्‍याए ।

न्युयोर्कस्थित नेपाली मिसनका अनुसार जापानको घनिष्ट मित्रका हैसियतले नेपाललाई यथासक्य सहयोग गर्ने जापानको चाहना रहेको पनि मन्त्री तोसिमीत्सुले भेटमा बताएका थिए ।

यसैगरी, नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्षको वर्षगाँठ यस वर्षसमेत परेकाले त्यस अवसरमा ‘नोभेम्बर’मा काठमाडौँमा आयोजना हुने नेपाल–जापान ‘फेष्टिवल’ले दुई देशको मितवत् सम्बन्धलाई थप उचाइ पुर्‍याउने विश्वास उनले व्यक्त गरेका थिए ।

व्यस्त कार्यसूचीकाबीच परराष्ट्र मन्त्री खनालले साइडलाइन भेटवार्ताअन्तर्गत नै अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग भेटघाट गरे । मन्त्री खनालसँगको भेटपछि उपविदेशमन्त्री हुकरले बाढीका कारण अप्ठ्यारोमा परेको नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । लगत्तै, अमेरिकाकोतर्फबाट नेपाललाई थप तीन करोड १० लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय सार्वजनिक भएको थियो ।

अमेरिकी विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा हुकरले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीका कारण पीडित व्यक्ति तथा परिवारजनप्रति सहानुभूति व्यक्त गरेका थिए । सोही अवसरमा उनले एक करोड अमेरिकी डलर स्थायी पुल निर्माणको लागि प्रदान गरिने जानकारी पनि गराएका थिए ।

यसैगरी, उनले ८० लाख अमेरिकी डलर रकम सरसफाइ, पिउने पानी, आश्रय स्थल निर्माण र बाढी प्रभावित नागरिकको जीवन रक्षाका लागि समुदायलाई प्रदान गरिने उल्लेख गरे । सो विज्ञप्तिमा प्रकोपका बारेमा जानकारी दिने प्रयोजनका लागि करिब एक करोड ३० लाख अमेरिकी डलर बराबरका ड्रोन उपलब्ध गराइने पनि उल्लेख गरिएको छ ।

यसैगरी, साइडलाइन भेटवार्ताकै क्रममा परराष्ट्र मन्त्री खनालले युगाण्डा, माल्दिभ्सलगायतका देशका परराष्ट्र मन्त्रीहरूसँग पनि भेटघाट गरेर जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका बारेमा जानकारी गराएका थिए ।

व्यस्त कार्यसूचीकाबीच परराष्ट्र मन्त्री खनालले जलवायु न्यायका पक्षमा ऐक्यबद्धतासहित आवश्यक सहयोगका पक्षमा सदस्य राष्ट्रहरूसँग ‘लविङ’ गरिरहेको न्युयोर्कस्थित नेपाली स्थायी नियोगले जनाएको छ ।

उनले यी भेटवार्ताका क्रममा नेपालमा जलवायु परिवर्तनका कारण विविध समस्या उत्पन्न भइरहेको र भोटेकोशी नदीमा गएको बाढी त्यसको पछिल्लो उदाहरण रहेको जानकारी गराउँदै जलवायु न्यायका लागि नेपाललाई सहयोग गर्न विश्वका नेता, आफ्ना समकक्षीहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिसँग आग्रह गरिरहेका छन् ।

मन्त्री खनालले अमेरिकी चेम्बर अफ कमर्शका प्रतिनिधिलाई भेटेर लगानी, व्यापारलगायत विषयमा छलफल पनि गरे ।

साथै मन्त्री खनालले मंगलबार नै भारत सरकारले आयोजना गरेको ‘ग्लोबल साउथ’ कार्यक्रममा सहभागिता जनाएर मन्त्री स्तरीय सम्मेलनलाई सम्बोधन पनि गरे ।

यसैबीच, राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह बुधबार न्युयोर्क पुगेका छन् ।

प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेर स्वदेश फर्कने कार्यक्रम रहेकाले परराष्ट्र मन्त्री खनाल साइडलाइन बैठकमा व्यस्त हुने कार्यसूची छ ।

मन्त्री खनाल अरु केही दिन न्युयोर्कमै रहने भएकाले साइडलाइन भेटवार्ता एवं बैठक अरु पनि हुने कार्यसूचीमा रहेको छ । मन्त्री खनालसँगै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र वासिङ्टनडिसीस्थित नेपाली दूतावासका प्रतिनिधि पनि सहभागी भएका छन् ।

यसैगरी, कतिपय राष्ट्रसंघीय साइडलाइन बैठकहरूमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा पनि सहभागी छन् ।

0 Comments