काठमाडौँ । नेपाली काँग्रेसले १५ औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन तीन प्रमुख दलका शीर्ष नेताहरूलाई निम्ता दिएको छ।
काँग्रेसले प्रमुख सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्ता दिएको हो।






