३० आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन, झापा र रुपन्देहीका ५७ परिवारले पाए लालपुर्जा

अ अ+ अ-

काठमाडौँ । चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । 

सम्बन्धित जिल्लाका भूमि समस्या समाधान समितिमार्फत लालपुर्जा वितरण गरिएको हो । चितवनको इच्छाकामना गाउँपालिका–७ का ३२ भूमिहीन सुकुम्वासी र एक भूमिहीन दलित गरी ३३ परिवारले लालपुर्जा प्राप्त गरेका छन् । त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका–११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।

यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका–८ र ९ का १४ भूमिहीन दलित र दुई भूमिहीन सुकुम्वासी गरी १६ परिवारले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन् ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बन्ने अवसर पाएका छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै लालपुर्जा वितरणलाई तीव्रता दिएको छ ।

भूमि मन्त्री प्रतिभा रावलले कानुनी अड्चन नरहेकाले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रिया अब तीव्र गतिमा अघि बढ्ने बताएकी छन् । उनले यसका लागि सम्बन्धित स्थानीय तहको सहयोगसमेत अपेक्षा गरेकी छन् ।

“कानुनी अड्चन नरहेकाले अब भूमिहीन, सुकुम्वासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रिया तीव्र गतिमा अघि बढ्छ । यसका लागि सम्बन्धित स्थानीय तहको सहयोगसमेत अपेक्षा गरेकी छु,” मन्त्री रावलले भनिन् ।

0 Comments