१४ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारा झडप : घेराबन्दीमा परेका कर्मचारी र सुरक्षाकर्मीको उद्धार, एक घाइतेको उपचार जारी

अस्पताल उद्घाटनको विवादपछि भएको झडप र आगजनीले तनावग्रस्त फेटामा सुरक्षा व्यवस्था कडा, कर्फ्यु लगाउने तयारीबाट प्रशासन पछि हट्यो।

अ अ+ अ-

काठमाडौँ । बाराको फेटा गाउँपालिका-३ मा अस्पताल उद्घाटनको विषयमा उत्पन्न विवादपछि भएको झडप र आगजनीका क्रममा घेराबन्दीमा परेका कर्मचारी तथा सुरक्षाकर्मीलाई सुरक्षित निकालिएको छ। घटनापछि तनावग्रस्त बनेको क्षेत्रको अवस्था अहिले केही सहज भएको स्थानीय प्रशासनले जनाएको छ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले प्रशाशनलाई बताए अनुसार झडपका क्रममा घेराबन्दीमा परेका कर्मचारी र सुरक्षाकर्मीलाई बाहिर निकालिएको हो। घटनामा घाइते भएका एक जनाको उपचार जारी छ।

अस्पताल उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच विवाद बढ्दै जाँदा झडप भएको थियो। त्यसक्रममा गोली चल्दा स्थानीय १७ वर्षीय आदित्य पासवान गम्भीर घाइते भएका छन्।

अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, सेवा-सुविधा तथा स्रोतसाधनको पर्याप्त व्यवस्था नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका थिए। सोही विवादले उग्र रूप लिएपछि झडप र आगजनीको अवस्था सिर्जना भएको हो।

घटनापछि स्थिति नियन्त्रणबाहिर जाने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको थियो। यद्यपि, पछिल्लो समय अवस्था केही सहज बनेपछि तत्काल कर्फ्यु लगाइएको छैन।

सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार स्थिति नियन्त्रणमा राख्न घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ। थप अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ।

0 Comments