काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपालले उठाएका मुद्दा र हासिल गरेका उपलब्धिबारे प्रतिनिधिसभाका सभामुख डीपी अर्याललाई जानकारी गराएकी छन् ।
सभामुख अर्यालसँगको भेटवार्तामा मन्त्री चौधरीले टर्कीको अन्ताल्यामा सम्पन्न सम्मेलनमा नेपालको सहभागिता र प्राथमिकताका विषयमा जानकारी गराएकी हुन् ।
भेटका क्रममा उनले हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय, जलवायु वित्त तथा जलवायु परिवर्तनबाट हुने हानि र नोक्सानीको क्षतिपूर्तिका सम्बन्धमा सम्मेलनमा नेपालले उठाएका विषयबारे अवगत गराइन् ।
मन्त्री चौधरीले पर्वतीय मुलुकका साझा सवालमा सम्मेलनका क्रममा भएका छलफल तथा नेपालले गरेका कूटनीतिक पहलबारे समेत सभामुख अर्याललाई जानकारी गराएकी थिइन् ।






