काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच प्रमुख प्रशासकीय अधिकृतसहित थप २० अधिकृतको सरुवा तथा कामकाजको जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयको मंसिर ९ गतेको निर्णय अनुसार नेपाल प्रशासन सेवाका १८ र नेपाल इन्जिनियरिङ सेवाका दुई गरी राजपत्राङ्कित तृतीय श्रेणीका २० अधिकृतको जिम्मेवारी हेरफेर गरिएको हो ।
मन्त्रालयले ११ अधिकृतको सरुवा गरेको छ भने नौ अधिकृतलाई विभिन्न स्थानीय तहमा कामकाज गर्न खटाएको छ । आजै मात्र उपसचिवस्तरका चार प्रमुख प्रशासकीय अधिकृतसहित सात उपसचिवको सरुवा गरिएको थियो ।
हेर्नुहोस् को कहाँ ?









