काठमाडौँ । बाजुरामा ट्याक्टर दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाले हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको छ ।
मंसिर १२ गते बाजुराको जगन्नाथ गाउँपालिका-३ स्थित मनिकाँडामा भएको ट्याक्टर दुर्घटनामा उनीहरू घाइते भएका थिए ।
नेपाली सेनाका अनुसार कोल्टी अस्पतालमा उपचार गरिएका दुवै घाइतेलाई थप उपचार आवश्यक भएपछि सेनाको हवाई साधनमार्फत कर्णाली प्रदेश अस्पताल लगिएको हो ।







