२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धादिङ बस दुर्घटनाको प्रतिवेदन गृहमन्त्री समक्ष पेश, रात्रि बसमा डिजिटल निगरानीको सुझाव

अ+ अ-

काठमाडौँ। तीन साता अघि धादिङमा भएको बस दुर्घटनाबारे गठित छानबिन कार्यदलले आफ्नो प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष बुझाएको छ।

सहसचिव ऋषिराम तिवारी नेतृत्वको छानबिन कार्यदलले शुक्रबार प्रतिवेदन पेश गर्दै रात्रि कालिन बसमा डिजिटल निगरानी प्रणाली लागू गर्न सिफारिस गरेको मन्त्रालयले जनाएको छ। कार्यदलले सार्वजनिक सवारी चालकको थकान व्यवस्थापन, रात्रिकालीन बसमा अधिकतम कार्य समय निर्धारण, अनिवार्य विश्राम र डिजिटल निगरानी प्रविधि लागू गर्न सुझाव राखेको छ।

प्रतिवेदन ग्रहण गर्दै मन्त्री अर्यालले कार्यदलका निष्कर्ष र सिफारिसलाई अध्ययन गरी आवश्यक कदम तत्काल कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

गत ११ फागुन, पोखराबाट धादिङतर्फ आउँदै गरेको रात्रीबस बेनिघाट रोराङ-५ स्थित त्रिशूली नदीमा खस्दा १९ जनाको ज्यान गएको थियो भने २५ जना घाइते भएका थिए।

स्थलगत अध्ययनपछि कार्यदलले दुर्घटना चालकको थकान, रात्रिकालीन सवारी सञ्चालन र ध्यान विचलनका कारण भएको निष्कर्ष निकालेको छ। दुर्घटनाका घाइतेहरूले पनि चालकको लापरबाहीले दुर्घटना भएको बताएका थिए।