काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर उनले ओलीको स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको उनका स्वकीय सचिव राजकुमार राईले बताएका छन्।
भण्डारीले उपचारमा संलग्न चिकित्सकहरूसँग समेत ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाइएको छ।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकारको निर्देशनअनुसार ओलीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो।
पक्राउ पश्चात् स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनलाई उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको छ, जहाँ हाल उनी चिकित्सकीय निगरानीमा रहेका छन्।







