काठमाडौँ । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । सोमबार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा तथा कामकाजको जिम्मेवारी तोकेको हो ।
सरुवा गरिएका सहसचिवमध्ये आधा दर्जन सहसचिवलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै, हालै नियुक्त भएका चार जना नयाँ सहसचिवमध्ये तीन जनालाई स्थानीय तह (महानगरपालिका) मा कामकाजका लागि खटाइएको छ भने एक जनालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।
यस सरुवामा केही प्रभावशाली सहसचिवलाई प्रदेशमा पठाइएको भए पनि केहीको हकमा भने यसअघि पनि प्रभावशाली जिम्मेवारीमा रहेका अधिकारी पुनः शक्तिशाली मन्त्रालयमा व्यवस्थापन हुन सफल भएको चर्चा कर्मचारी वृत्तमा सुरु भएको छ ।
हेर्नुहोस् को कहाँ ?







