२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकास मन्त्रीको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई रणनीतिक सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे पूर्वाधार विकास मन्त्री सुनील लम्साललाई ध्यानाकर्षण गराइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समितिले आज दुलेगौडामा मन्त्री लम्साललाई भेट गरी विगत केही वर्षदेखि अलपत्र रहेको दुई सडक निर्माणमा ध्यानाकर्षण गराएको हो । 

विगत केही वर्षदेखि अलपत्र रहेका दुई सडकका सन्दर्भमा स्थानीय, प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रश्न उठ्दै आइरहेकाले तत्काल सडक निर्माण हुने वातावरण सिर्जना गरिदिन लम्सालको ध्यानाकर्षण गराइएको रास्वपा शुक्लागण्डकी नगर सभापति हरिबहादुर खड्काले बताए । 

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत निर्माणाधीन दुलेगौडा–हर्कपुर मोटरमार्ग विसं २०७६ कात्तिक ४ गते ठेक्का सम्झौता भई विसं २०७८ माघ १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि पटक पटक म्याद थप्दा पनि उल्लेखनीय प्रगति नभएको उल्लेख गरिएको छ ।

वर्षायाममा हिलो र हिउँदमा अत्यधिक धुलोका कारण स्थानीयवासी, विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा यात्रुले दैनिक सास्ती खेप्नुपरेको भन्दै रास्वपाले हालको ठेक्का सम्झौता रद्द गरी ठेकेदारमाथि कानुनी कारबाही तथा जरिवाना गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाएर सडक निर्माण शीघ्र सम्पन्न गर्न माग गरेको छ ।

त्यसैगरी विश्व बैंकको सहयोगमा सञ्चालित दुलेगौडा-लामागाउँ सडक स्तरोन्नति आयोजना रु २७ करोड ३४ लाख ७९ हजार  आठ सय ३४ लागतमा निर्माण भइरहेको उल्लेख गर्दै विसं २०८२ असार २३ गते सम्पन्न हुनुपर्ने आयोजना ठेकेदारको लापरबाहीका कारण अझै अलपत्र रहेको जनाएको छ ।

रास्वपाले उक्त आयोजनाको निर्माण तत्काल सुरु गराई निर्धारित समयमै सम्पन्न हुने वातावरण बनाउन सम्बन्धित निकायलाई निर्देशन दिन मन्त्रीसमक्ष आग्रह गरेको छ ।

0 Comments