८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक कूटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्र मन्त्रीको आग्रह

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार र आर्थिक कूटनीतिलाई मजबुत बनाउन अवैतनिक वाणिज्यदुतहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । 

काठमाडौंमा मानार्थ वाणिज्यदूत कोर-नेपालको १९औँ वार्षिक साधारण सभा तथा चार्टर दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र सम्बन्धित मुलुकहरूबीचको सम्बन्ध सेतुका रूपमा कार्य गर्न उनीहरूलाई आग्रह गरेका हुन् । 

मन्त्री खनालले खासगरी नेपालमा आवासीय कूटनीतिक नियोगहरू नभएका मुलुकहरूसँगको व्यावसायिक, सांस्कृतिक र संस्थागत सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदुतहरूले पुर्‍याएको योगदानको प्रशंसा गरे  ।

 उनले वाणिज्यदुतहरूलाई नेपालको राष्ट्रिय प्राथमिकता र आकाङ्क्क्षाहरूसँग एकाकार हुँदै द्विपक्षीय साझेदारी सुदृढ तुल्याउन सुझाव दिए । परराष्ट्र मन्त्री खनालले अवैतनिक वाणिज्यदुतहरूको कार्यसम्पादनलाई थप प्रभावकारी र सहज बनाउन विद्यमान नियमावली, सुविधा र कानुनी ढाँचाहरूको समयसापेक्ष परिमार्जन गर्न मन्त्रालय प्रतिवद्ध रहेको स्पष्ट पारे। नेपालको वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै मन्त्री खनालले युवा पुस्ताको आकाङ्क्क्षा र जनमतबाट प्राप्त वर्तमान सरकारको म्यान्डेट सुशासन र समावेशी आर्थिक वृद्धिमा केन्द्रित रहेको उल्लेख गरे । 

उनले भने, ‘परराष्ट्र मन्त्रालय र अन्य सम्बद्ध निकायहरू नेपालको आर्थिक कूटनीति अघि बढाउन र आर्थिक साझेदारीलाई गहिरो बनाउन तपाईंहरूसँग निकट रहेर सहकार्य गर्न उत्सुक छन् । हाम्रो प्राथमिकता भ्रष्टाचार निर्मूल गर्दै पारदर्शी र उत्तरदायी शासन व्यवस्था कायम गर्नु हो । सरकारको पहिलो वर्ष कानुनी र संस्थागत सुधारमा केन्द्रित हुनेछ ।’

मन्त्री खनालले नेपालको परराष्ट्र नीतिले अब आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार विस्तार र नवप्रवर्तनलाई प्राथमिकता दिने बताए । मन्त्री खनालले विश्वव्यापी भू-राजनीतिक र प्राविधिक परिवर्तनको समयमा अवैतनिक वाणिज्यदुतहरूको अन्तर्दृष्टि र संलग्नता थप मूल्यवान् हुने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय कानून र घरेलु कानूनी ढाँचाको परिधिभित्र रही उच्च व्यावसायिकता र निष्ठाका साथ आफ्नो जिम्मेवारी निभाउन वाणिज्यदुतहरूलाई आह्वान समेत गरे । 

0 Comments