८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्रोत नखुलेको ६ लाख ६५ हजारसहित नियन्त्रणमा लिइएका उपसचिव तामाङविरुद्ध मुद्दा दायर

अ+ अ-

विराटनगर । विराटनगर विमानस्थलबाट स्रोत खुल्न नसकेको ६ लाख ६५ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएका राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङविरुद्ध मुद्दा दर्ता भएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङलाई गत साउन ३ गते बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौँ जाने क्रममा विमानस्थलको सुरक्षा जाँचका दौरान प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार तामाङले बोकेको कालो रङको झोलामा एक हजार रुपैयाँ दरका ५१५ थान र पाँच सय रुपैयाँ दरका ३०० थान गरी कुल ६ लाख ६५ हजार रुपैयाँ फेला परेको थियो। रकमको स्रोतबारे तत्काल स्पष्ट विवरण प्रस्तुत गर्न नसकेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो।

विमानस्थलमा खटिएका प्रहरीले तामाङलाई बरामद रकमसहित थप अनुसन्धानका लागि सोही दिन जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाएका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार तामाङको बयान लिएर प्रारम्भिक अनुसन्धान पूरा गरेपछि म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिएको थियो।

‘विराटनगरबाट काठमाडौँ जान लागेका बेला विमानस्थलको सुरक्षा जाँचमा रकम फेला परेको हो। तत्काल स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान तथा बयान लिइएको थियो,’ कटुवालले प्रशासनसँग भने, ‘म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा पेस गर्दा बयान लिइसकिएको अवस्थामा थप अनुसन्धानका लागि थुनामै राखिरहन आवश्यक नदेखिएको राय आएपछि उनलाई छाडिएको हो।’

प्रहरीले यसअघि घटनाबारे औपचारिक रूपमा सार्वजनिक जानकारी दिएको थिएन। यद्यपि, प्रहरी उपरीक्षक कटुवालले घटनामाथिको अनुसन्धान जारी रहेको बताएका छन्। तामाङ रिहा भए पनि बरामद रकमको स्रोत र वैधानिकताबारे अनुसन्धानबाट आउने निष्कर्षका आधारमा थप प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।

0 Comments