१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपछिको उद्धार र राहतबारे नेपाल-अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन संवाद

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच नेपालमा उत्पन्न विपद्को अवस्था तथा उद्धार, राहत र पुन:स्थापनाका विषयमा टेलिफोनमार्फत छलफल भएको छ।

बिहान १० बजे भएको संवादका क्रममा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको समयमा अष्ट्रेलियाली समकक्षीसँग भएको कुराकानीलाई महत्वपूर्ण रहेको बताएका छन्।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकले व्यक्त गरेको ऐक्यबद्धताका लागि प्रधानमन्त्री शाहले धन्यवाद दिएका छन्।

नेपालमा जारी उद्धार तथा राहत प्रयासमा अष्ट्रेलियाबाट प्राप्त सहयोगप्रति समेत उनले प्रशंसा व्यक्त गरेका छन्। विशेषज्ञसहित ड्रोन सञ्चालन गर्ने टोली परिचालन, आवश्यक राहत सामग्री उपलब्ध गराउनुका साथै आर्थिक सहयोग गरेकोमा प्रधानमन्त्री शाहले अष्ट्रेलिया सरकारप्रति आभार प्रकट गरेका हुन्।

बाढीका कारण सम्पर्कविहीन भएका अष्ट्रेलियाली नागरिकको खोजीलाई नेपाल सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको जानकारीसमेत प्रधानमन्त्री शाहले संवादका क्रममा दिएका छन्।

नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै उनले विपद्को वर्तमान अवस्थामा खोज तथा उद्धार, राहत वितरण र पुन:स्थापनाका काममा अष्ट्रेलियासँग समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

वार्ताका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले बाढीबाट नेपालमा उत्पन्न परिस्थितिप्रति चासो व्यक्त गर्दै त्यसबाट पुगेको क्षतिबारे चिन्ता प्रकट गरेका थिए।

0 Comments