१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० दिनपछि दुई कर्मचारीको सकुशल उद्धारपछि प्रधानमन्त्रीदेखि सचिवसम्मलाई प्राधिकरणको धन्यवाद

अ+ अ-

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाका दुई कर्मचारीलाई १०औँ दिनमा सकुशल उद्धार गर्न सफल भएपछि नेपाल विद्युत् प्राधिकरणले खोज तथा उद्धारमा सहयोग गर्ने प्रधानमन्त्रीदेखि सचिवसम्मलाई धन्यवाद दिएको छ।

यही भदौ १० गते आएको बाढीपछि आयोजनाको पावर हाउसमा कार्यरत कर्मचारीहरूसँग सम्पर्क हुन सकेको थिएन। निरन्तरको खोज तथा उद्धार अभियानका क्रममा २१६ घण्टापछि अर्थात् २०८३ भदौ १९ गते बिहान करिब ८:५५ बजे दुई कर्मचारीको सकुशल उद्धार गर्न सम्भव भएको प्राधिकरणले जनाएको छ।

उद्धार कार्य सफल भएपछि प्राधिकरणले अभियानलाई निरन्तरता दिन प्रत्यक्ष रूपमा संलग्न हुनुका साथै आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने सरकारका उच्च पदाधिकारी तथा विभिन्न निकायप्रति कृतज्ञता व्यक्त गरेको हो।

प्राधिकरणले सम्माननीय प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीप्रति विशेष धन्यवाद व्यक्त गरेको छ। त्यस्तै, प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपाने तथा सागर ढकाल र सम्बन्धित सचिवहरूप्रति समेत प्राधिकरणले आभार प्रकट गरेको छ।

खोज तथा उद्धार अभियानमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षा निकाय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्थानीय प्रशासन तथा सम्बन्धित क्षेत्रका विषय विज्ञहरूको भूमिका रहेको प्राधिकरणले जनाएको छ।

त्यसैगरी, घटनाको सूचना तथा गतिविधि सार्वजनिक गर्न सहयोग गर्ने पत्रकार, उद्धारमा परिचालित कर्मचारी, विभिन्न उपकरण सञ्चालन गर्ने जनशक्ति तथा सम्पर्कविहीन कर्मचारीका आफन्तजनलाई पनि प्राधिकरणले धन्यवाद दिएको छ।

दुई कर्मचारीको उद्धार सम्भव भए पनि खोज तथा उद्धार कार्य अझै प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने अवस्था रहेको प्राधिकरणले जनाएको छ। आगामी अभियानका लागि सम्बन्धित सबै पक्षबाट निरन्तर सहयोग, समन्वय र सहजीकरण गरिदिनसमेत प्राधिकरणले अनुरोध गरेको छ।

0 Comments