१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाहको सन्देश : ‘बाढी प्रभावित बालबालिकाका लागि सुरक्षित र सहज बसोबासको व्यवस्था गर्छौँ’

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवा-भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि सुरक्षित बसोबास र भविष्य निर्माणको वातावरण तयार गर्ने प्रतिबद्धता जनाउँदै विपद् पूर्वतयारीमा जुट्न आह्वान गरेका छन्।

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवा-भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि चाँडै सुरक्षित र सहज बसोबासको व्यवस्था गरिने बताएका छन्।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा आइतबार बालबालिकालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीबाट उद्धार गरिएका बालबालिका अहिले होल्डिङ सेन्टरमा बसिरहेको उल्लेख गर्दै उनीहरूलाई पुनः भविष्यको सपना बुन्ने वातावरण तयार गरिने प्रतिबद्धता जनाएका हुन्।

“हामीलाई थाहा छ-यहाँहरूका लागि यो बसाइ सहज छैन। तर, हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ,” प्रधानमन्त्री शाहले भनेका छन्, “पुनः यहाँहरूहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ।”

उत्सवमा रमाउन नसकेका बालबालिकाप्रति सहानुभूति
प्रधानमन्त्री शाहले श्रीकृष्ण जन्माष्टमीका दिन बालबालिका राधा-कृष्णको रूपमा सिँगारिएर रमाइरहेका बेला बाढी प्रभावित क्षेत्रका बालबालिका भने गहिरो पीडामा रहेको बताएका छन्।

उनले प्रभावित बालबालिकामध्ये कतिपयले आफ्ना बाबुआमा र आफन्त खोजिरहेको तथा कतिपय स्तब्ध अवस्थामा रहेको उल्लेख गरेका छन्। बाढीले घर, बस्ती र बालबालिका खेल्ने चौरसमेत खण्डहर बनाएको भन्दै उनले देश नै दुःखी भएको बताएका छन्।

“यहाँहरू त भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ। यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ। जतिसक्छौँ हामी खटिरहेका छौँ,” प्रधानमन्त्री शाहले भनेका छन्।

उद्धारमा बालबालिकालाई पहिलो प्राथमिकता
प्रधानमन्त्री शाहका अनुसार बाढी गएलगत्तै प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धासँगै बालबालिकालाई उद्धारमा पहिलो प्राथमिकता दिइएको थियो। उक्त क्रम अहिले पनि जारी रहेको उनले बताएका छन्।

उनले केही बेरअघिसम्म विपद्मा परेका १३ हजार ९५ जनाको उद्धार भइसकेको जानकारी दिएका छन्।

उद्धार कार्यमा आफ्नो ज्यानको परवाह नगरी अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा अन्य विज्ञ टोलीलाई धन्यवाद दिनुपर्ने प्रधानमन्त्री शाहको भनाइ छ।

उनले विदेशमा रहेका नेपाली, मित्रराष्ट्र तथा विकास साझेदार संस्थाबाट प्राप्त सहयोगप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्।

विपद् पूर्वतयारीका तीन सुझाव
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको ठूलो प्रभाव हिमाली क्षेत्रमा परिसकेको उल्लेख गर्दै बालबालिकालाई विपद्सँग लड्न, त्यसबाट बच्न र अरूलाई बचाउन सिक्न आग्रह गरेका छन्।

उनले पूर्वतयारीका लागि प्रत्येक घरमा सजिलै भेटिने स्थानमा ‘विपद् झोला’ राख्न सुझाव दिएका छन्। उक्त झोलामा घाउचोट बाँध्ने पट्टी, आवश्यक औषधि, पानी, सुक्खा खानेकुरा र केही नगदलगायत हलुका तथा अत्यावश्यक सामग्री राख्नुपर्ने बताएका छन्।

त्यस्तै, भविष्यमा आउन सक्ने विपद्का लागि सानैदेखि बचत गर्ने बानी बसाल्न र जलवायु परिवर्तन तथा त्यसका प्रभावबारे अध्ययन एवं छलफल गर्दै जनचेतना फैलाउन पनि उनले आह्वान गरेका छन्।

विश्व समुदायलाई जिम्मेवार बनाउनुपर्ने
प्रधानमन्त्री शाहले नेपाल हिमाली देश भएकाले विपद्प्रति सधैँ सजग रहनुपर्ने बताएका छन्। प्रभावित क्षेत्रका बालबालिकाले विपद् प्रत्यक्ष भोगेको उल्लेख गर्दै उनले अन्य क्षेत्रका बालबालिकालाई पनि उत्तिकै सतर्क रहन आग्रह गरेका छन्।

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको पीडा र विपद् जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराउनुपर्ने र जोखिम न्यूनीकरणका लागि उनीहरूलाई समेत जिम्मेवार बनाउनुपर्ने उनको भनाइ छ।

“विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ,” प्रधानमन्त्री शाहले भनेका छन्।

उनले संघर्ष र विपद्को समयमा निराश भएर नबस्न तथा धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्न आग्रह गरेका छन्। “हामी रोकिँदैनौँ,” उनले भनेका छन्, “आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ।”

0 Comments