१ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव बढुवाका लागि तामाङ, श्रेष्ठ र बुढाको नाम सिफारिस

पछिल्ला बढुवामा वरिष्ठताको क्रम पछ्याउँदै आएको सरकारले अब रुद्रसिंह तामाङ, आभा श्रेष्ठ र चक्रबहादुर बुढामध्येबाट रिक्त सचिव पदमा एक जनालाई बढुवा गर्नेछ।

अ+ अ-

काठमाडौँ । नेपाल सरकारको रिक्त सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ।

बढुवा सिफारिस समितिको बिहीवार(आज) बसेको बैठकले रुद्रसिंह तामाङ, आभा श्रेष्ठ र चक्रबहादुर बुढालाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा राखेर सचिव बढुवाका लागि सिफारिस गरेको हो।

तामाङ हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत छन्। श्रेष्ठ मधेश प्रदेशमा प्रदेश सचिव र बुढा महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन्।

तामाङ आन्तरिक प्रतिस्पर्धाबाट, श्रेष्ठ महिला कोटाबाट र बुढा पिछडिएको क्षेत्रको कोटाबाट सहसचिव भएका हुन्।

अब बढुवा सिफारिस समितिको सिफारिस मन्त्रिपरिषदमा पेस हुनेछ। मन्त्रिपरिषद्ले सिफारिस भएका तीन जनामध्येबाट एक जनालाई सचिवमा बढुवा गर्नेछ।

अघिल्लो सिफारिसमा पनि तामाङ र श्रेष्ठ
पछिल्लो समय सचिव बढुवाको सिफारिसमा तामाङ र श्रेष्ठ लगातार अघि बढ्दै आएका छन्। गत २६ भदौमा रिक्त सचिव पदका लागि कालीप्रसाद पराजुली, रुद्रसिंह तामाङ र आभा श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका थिए। 

त्यसअघिका सचिव बढुवा सिफारिस र निर्णयमा पनि वरिष्ठताको क्रम क्रमशः अगाडि सर्दै आएको देखिन्छ। भदौ २५ गते सरकारले उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको थियो। सोही दिन विनोदबहादुर कुँवर पनि सचिवमा बढुवा भएका थिए।

कुँवर २० प्रतिशतबाट, खत्री ८० प्रतिशततर्फबाट
गत २४ भदौमा सचिव बढुवा सिफारिस समितिले ज्येष्ठताका आधारमा हुने २० प्रतिशततर्फबाट वरिष्ठ सहसचिव विनोदबहादुर कुँवरको नाम एकल सिफारिस गरेको थियो। 

सोही समयमा रिक्त अर्को सचिव पदका लागि पनि तीन सहसचिवको नाम सिफारिस गरिएको थियो। त्यसबाट अघि बढेको प्रक्रियामा उत्तरकुमार खत्री सचिवमा बढुवा भएका थिए। भदौ २४ मा थप रिक्त सचिव पदका लागि तीन जनाको सिफारिस र भदौ २५ मा खत्रीको बढुवा तथा पदस्थापन भएका थिए । 

यसअघि भदौ १८ मा नारायणप्रसाद भट्ट सचिवमा बढुवा भई कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएका थिए। भट्टको बढुवापछि रिक्त पदका लागि पुनः तीन सहसचिवको नाम सिफारिस हुँदा उत्तरकुमार खत्री सिफारिस सूचीमा थपिएका थिए।

रोकिएर खुलेको बढुवा प्रक्रियापछि लगातार पदपूर्ति
सरकारले मन्त्रालयको संख्या घटाउने, मन्त्रालय गाभ्ने तथा सचिवसहित उच्च तहका दरबन्दी पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएपछि केही समय सचिव बढुवा प्रक्रिया प्रभावित भएको थियो। साउन अन्तिमतिर प्रक्रिया पुनः सुरु भएपछि रिक्त हुँदै गएका सचिव पदमा क्रमशः बढुवा प्रक्रिया अघि बढाइएको हो।

गत १५ भदौमा श्रीकृष्ण नेपाल, नारायणप्रसाद भट्ट र विनोदबहादुर कुँवर क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका थिए। पहिलो नम्बरमा रहेका नेपाल ५८ वर्षे उमेर हदका कारण बढुवा निर्णय हुनुअघि नै अनिवार्य अवकाशमा गएपछि भट्ट पहिलो नम्बरमा उक्लिएका थिए। त्यसपछि सरकारले भट्टलाई सचिवमा बढुवा गरी कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको थियो।

त्यसअघि रोकिएको बढुवा प्रक्रिया खुलेपछि कमलप्रसाद भट्टराई र इन्दु घिमिरे पनि सचिवमा बढुवा भएका थिए। भट्टराईलाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको थियो भने घिमिरेलाई रक्षा मन्त्रालयमा पदस्थापन गरिएको प्रशासनले जनाएको थियो।

यस्तो छ बढुवाको व्यवस्था
निजामती सेवा ऐनअनुसार रिक्त सचिव पदमध्ये ८० प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा समितिले उपलब्ध भएसम्म तीन जना उम्मेदवारको नाम सिफारिस गर्ने व्यवस्था छ। बाँकी २० प्रतिशत पदमा ज्येष्ठताका आधारमा तोकिएको कार्यसम्पादन मूल्याङ्कनको मापदण्ड पूरा गरेका सम्बन्धित सेवाका ज्येष्ठ सहसचिवमध्येबाट एक जनाको नाम सिफारिस गरिन्छ।

कार्यसम्पादन मूल्याङ्कनतर्फ लगातार चार पटकसम्म एक सचिव पदका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस हुने र पाँचौँ पटक ज्येष्ठताका आधारमा एक जना ज्येष्ठ सहसचिवको नाम सिफारिस हुने व्यवस्था छ। यही व्यवस्थाअन्तर्गत पछिल्लो पटक कुँवर २० प्रतिशततर्फबाट एकल सिफारिसमा परेका थिए।

सरकारका पछिल्ला निर्णयहरू हेर्दा पहिलो वरीयताकालाई नै निरन्तरता दिएकोले सम्भवतः पहिलो नम्बरमा सिफारिसमा परेका तामाङ नै अब सचिव बन्नेछन् ।

0 Comments