२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तरकुमार खत्री सचिवमा बढुवा, सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन

सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस भएका उत्तरकुमार खत्रीलाई सरकारले सचिवमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ।

अ+ अ-

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव उत्तरकुमार खत्रीलाई नेपाल सरकारको सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव बढुवा सिफारिस समितिको सिफारिसका आधारमा खत्रीलाई सचिवमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयबारे एक मन्त्रीले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई जानकारी दिएका हुन्।

तीन जनामध्ये पहिलो नम्बरमा थिए खत्री
सचिव बढुवा सिफारिस समितिको बुधबार बिहान बसेको बैठकले रिक्त एक सचिव पदमा बढुवाका लागि उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङको नाम क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो।

तीन जनामध्ये पहिलो नम्बरमा सिफारिस भएका खत्रीलाई मन्त्रिपरिषद्ले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

खत्री हाल अर्थ मन्त्रालयमा कार्यरत थिए। उनी मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।

दोस्रो नम्बरमा सिफारिस भएका पराजुली राष्ट्रिय महिला आयोगको सचिवका रूपमा कार्यरत छन्। यसअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका उनी केही साताअघि मात्रै राष्ट्रिय महिला आयोगमा सरुवा भएका थिए।

तेस्रो नम्बरमा रहेका तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत छन्।

अघिल्लो सिफारिसमा पनि प्रतिस्पर्धामा थिए खत्री
खत्री पछिल्लो सचिव बढुवा प्रक्रियामा पनि प्रतिस्पर्धामा थिए। गत १५ भदौमा रिक्त सचिव पदका लागि श्रीकृष्ण नेपाल, नारायणप्रसाद भट्ट र बिनोद बहादुर कुँवर क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका थिए।

पहिलो नम्बरमा रहेका नेपाल ५८ वर्षे उमेर हदका कारण सचिवमा बढुवा हुनुअघि नै अनिवार्य अवकाशमा गएपछि सिफारिसको क्रम फेरिएको थियो। त्यसपछि नारायणप्रसाद भट्ट पहिलो, बिनोद बहादुर कुँवर दोस्रो र उत्तरकुमार खत्री तेस्रो नम्बरमा आएका थिए।

उक्त प्रक्रियाबाट भट्ट सचिवमा बढुवा भई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन भएका थिए।

त्यसपछि बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले अर्को रिक्त सचिव पदका लागि वरिष्ठ सहसचिव बिनोद बहादुर कुँवरलाई ज्येष्ठताका आधारमा हुने २० प्रतिशततर्फबाट एकल सिफारिस गरेको थियो। थप रिक्त पदका लागि खत्री, पराजुली र तामाङको नाम क्रमश: सिफारिस गरिएको थियो।

कुँवर लुम्बिनीको प्रमुख सचिव, खत्री सुदूरपश्चिममा
आजकै मन्त्रिपरिषद् बैठकले बिनोद बहादुर कुँवरलाई पनि नेपाल सरकारको सचिवमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।

यससँगै बुधबार सचिव बढुवाका लागि भएका दुई छुट्टाछुट्टै सिफारिसबाट कुँवर र खत्री दुवै विशिष्ट श्रेणीमा उक्लिएका छन्। कुँवर लुम्बिनी प्रदेशको प्रमुख सचिव र खत्री सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवका रूपमा प्रशासनिक नेतृत्व सम्हाल्ने भएका छन्।

0 Comments