२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमको बजेट प्रक्रिया अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

आज साँझ ५ बजे बजेट प्रस्तुत गर्ने तयारी प्रभावित, अघिल्लो सरकारले असार १ गते प्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी विवाद अदालतमा

अ अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बजेट प्रक्रिया तत्कालका लागि रोकिएको छ।

चालु आर्थिक वर्ष २०८३-८४ को बजेट प्रदेश सभामा प्रस्तुत गर्ने तयारी भइरहेका बेला सर्वोच्च अदालतले अघिल्लो सरकारले पेस गरेको बजेटसम्बन्धी प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो।

न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले अधिवक्ता मनिराम उपाध्यायले दायर गरेको उत्प्रेषणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेशसहित अन्तरिम आदेश जारी गरेको छ।

अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म अघिल्लो सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटसम्बन्धी प्रक्रिया अघि नबढाउन भनेको छ। रिटमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका निकायलाई विपक्षी बनाइएको छ।

सर्वोच्चको आदेशसँगै प्रदेश सरकारले बुधबार नै नयाँ बजेट प्रस्तुत गर्ने गरी अघि बढाएको तयारी प्रभावित भएको छ।
प्रदेश सरकारले बुधबार साँझ ५ बजे प्रदेशसभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको थियो। त्यसअघि मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत गर्ने तयारी भइरहेकै बेला सर्वोच्चको आदेश आएको हो।

प्रदेशमा बजेट शून्यताको अवस्था रहेकाले चालु आर्थिक वर्षको बजेट ल्याउन सरकारमाथि दबाब थियो। सरकारले बजेट निर्माण तथा प्रस्तुतिको तयारी अन्तिम चरणमा पुर्‍याएको अवस्थामा अदालतको अन्तरिम आदेशले बजेट प्रक्रिया तत्कालका लागि रोकिएको हो।

अब सर्वोच्चबाट मुद्दाको थप सुनुवाइ तथा आदेशपछि प्रदेशको बजेट प्रक्रिया कुन रूपमा अघि बढ्ने भन्ने स्पष्ट हुनेछ।

0 Comments