२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतलाई बजेट माग्दै पत्र लेखेकी सूर्यगढीकी लेखा अधिकृतको सरुवा मन्त्री सचिवालयमा !

असोज १३ गते बजेट उपलब्ध गराउन प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी लेखा अधिकृत सम्पदा न्यौपानेलाई आठ दिनपछि प्रदेश सरकारले मन्त्रीको निजी सचिवालयमा खटाएको छ। पदाधिकार र तलबभत्ताको जिम्मेवारी भने सूर्यगढी गाउँपालिकामै रहनेछ।

अ अ+ अ-

काठमाडौँ । नुवाकोटको सूर्यगढी गाउँपालिकामा बजेट कार्यान्वयन र भुक्तानी प्रक्रियामा समस्या देखिएको भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी लेखा अधिकृत सम्पदा न्यौपानेलाई बागमती प्रदेश सरकारले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रीको निजी सचिवालयमा खटाएको छ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८३ असोज २१ गते पत्राचार गर्दै न्यौपानेलाई अर्को व्यवस्था नभएसम्म मन्त्रीको निजी सचिवालयमा कामकाज गर्नेगरी खटाएको हो।

कार्यालयका शाखा अधिकृत ऋषिराम भुसालद्वारा हस्ताक्षरित पत्रमा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको २०८३ असोज २१ गतेकै पत्रका आधारमा उक्त निर्णय गरिएको उल्लेख छ।

पत्रअनुसार न्यौपानेको पदाधिकार सूर्यगढी गाउँपालिकामै रहनेछ। मन्त्रीको निजी सचिवालयमा कामकाज गरे पनि उनको तलबभत्ता भने गाउँपालिकाबाटै भुक्तानी हुनेछ।

यसअघि न्यौपानेले २०८३ असोज १३ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ‘बजेट उपलब्ध गराइदिने बारे’ विषयमा पत्र पठाएकी थिइन्।

पत्रमा आर्थिक वर्ष २०८३/८४ को बजेट २०८३ असार ५ गते प्रस्तुत गरिएको भए पनि शीर्षकगत बजेट विवरण आर्थिक प्रशासन शाखालाई उपलब्ध नगराइएको उल्लेख छ।

बजेट उपलब्ध गराउन पटक पटक मौखिक अनुरोध गर्दा पनि विवरण प्राप्त नभएको भन्दै न्यौपानेले त्यसका कारण विकास निर्माणका काममा ढिलाइ भएको, कार्यालयका प्रशासनिक काममा असहजता उत्पन्न भएको तथा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलबभत्तालगायत अन्य खर्चको भुक्तानी हुन नसकेको पत्रमार्फत जानकारी गराएकी थिइन्।

उनले असोज १५ गतेभित्र बजेट उपलब्ध गराइदिन प्रमुख प्रशासकीय अधिकृतलाई अनुरोध गरेकी थिइन्।

पत्रमा निर्धारित समयभित्र बजेट उपलब्ध गराई खाता सञ्चालन गरिएमा र पेस भएका खर्चहरूको भुक्तानी दिन असमर्थ रहेमा आर्थिक प्रशासन शाखा जिम्मेवार रहने छैन भन्ने ब्यहोरा उल्लेख छ।

यसरी बजेट उपलब्ध गराउन प्रमुख प्रशासकीय अधिकृतलाई लिखित पत्र पठाएको आठ दिनपछि न्यौपानेलाई प्रदेश सरकारको मन्त्री सचिवालयमा कामकाज गर्नेगरी खटाइएको हो।

यद्यपि, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको पत्रमा न्यौपानेले प्रमुख प्रशासकीय अधिकृतलाई गरेको पत्राचारलाई कामकाजमा खटाउने निर्णयको कारणका रूपमा उल्लेख गरिएको छैन। पत्रमा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको पत्रका आधारमा अर्को व्यवस्था नभएसम्मका लागि कामकाजमा खटाइएको जनाइएको छ।

0 Comments