९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार प्रमुख प्रशासकीय अधिकृतसहित सात उपसचिवको सरुवा, नापीका विवादित उपसचिव घिमिरे पुगे रेसुंगा

नापी विभागमा रहँदा सरुवासम्बन्धी भूमिकालाई लिएर आलोचित उपसचिव परमानन्द घिमिरेलाई रेसुंगा नगरपालिकामा कामकाज गर्न खटाइएको छ ।

अ अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार प्रमुख प्रशासकीय अधिकृतसहित सात उपसचिवको सरुवा तथा कामकाजको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयको मंसिर ९ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका सात अधिकृतको जिम्मेवारी हेरफेर गरिएको हो ।

धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव शर्मालाई नापी विभागमा सरुवा गरिएको छ भने गुल्मीको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पन्तलाई जिल्ला समन्वय समितिको कार्यालय, बैतडीमा पठाइएको छ ।

नापी विभागका उपसचिव परमानन्द घिमिरेलाई रेसुङ्गा नगरपालिका, गुल्मी वा अन्तर्गत कामकाज गर्न खटाइएको छ ।

घिमिरेमाथि पछिल्लो समय नापीका कर्मचारीको सरुवामा चलखेल गरेको तथा तत्कालीन महानिर्देशक प्रकाश जोशीका कतिपय विवादित निर्णयमा साथ दिएको आरोप लाग्दै आएको छ । उनको भूमिकालाई लिएर विभागदेखि मन्त्रालयसम्म आलोचना हुँदै आएको बताइएको छ ।

त्यसैगरी दाङको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर के.सी.लाई मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ भने भन्सार विभागका निर्देशक मातृका आचार्यलाई बाराको कोल्हवी नगरपालिकामा कामकाज गर्न खटाइएको छ । भन्सार विभागको पछिल्लो विवादित सरुवामा आचार्यको भूमिकालाई लिएर विभागदेखि मन्त्रालयसम्मै चर्चा रहेको थियो । 

यस्तै भरतपुर महानगरपालिका, चितवनकी उपसचिव कला कुमारी गैरेलाई मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश श्रेष्ठलाई अर्थ मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

मन्त्रालयले पाँच उपसचिवको सरुवा र दुई उपसचिवलाई स्थानीय तहमा कामकाज गर्ने गरी जिम्मेवारी हेरफेर गरेको हो ।

0 Comments