काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवाअन्तर्गत सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी) सरहको एक पदमा बढुवाका लागि चार जना सम्भाव्य उम्मेदवारको योग्यताक्रमसहितको नामावली सार्वजनिक गरेको छ ।
सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूहको उक्त पदमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्न पाँच जनाले दरखास्त दिएकामा चार जना सम्भाव्य उम्मेदवार कायम भएका हुन् ।
बढुवा सूचना नम्बर ५-२०८३-८४ अन्तर्गत बढुवा समितिको ३०७७औँ बैठकसँग सम्बन्धित मंसिर १२ गतेको नामावली अनुसार आविद हुसेन मिया ठकुराई पहिलो, राजेन्द्रप्रसाद पन्त दोस्रो, पदमबहादुर कुँवर क्षेत्री तेस्रो र विकास काफ्ले चौथो योग्यताक्रममा परेका छन् ।








