२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ विश्वविद्यालयको ९९औं सभा: रोजगारमूलक शिक्षामा जोड, नयाँ सहयात्राको खाका पारित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधिसँग जोडेर जीवनोपयोगी र रोजगारमूलक बनाउन आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। काठमाडौं विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा आयोजित विश्वविद्यालयसभाको ९९औं बैठकलाई सम्बोधन गर्दै रोजगार र स्वरोजगार सिर्जना गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिए। उनले काठमाडौं विश्वविद्यालयको यस दिशामा भएका प्रयासहरू सकारात्मक रहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले स्वास्थ्य शिक्षा र अन्य विषयमा विद्यार्थीको पहुँच वृद्धि गर्न र चिकित्सा शिक्षामा प्रदान गरिँदै आएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र सहकुलपति रघुजी पन्तले प्रधानमन्त्रीको शैक्षिक सुधार र रूपान्तरणप्रतिको चासोलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाललाई शैक्षिक हब बनाउन मन्त्रालयले प्रयास गर्ने बताए। विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेले शिक्षणसँगै अनुसन्धानमुखी विश्वविद्यालयको अवधारणालाई व्यवहारमा उतार्ने नीतिअनुसार काम गर्ने प्रतिबद्धता जनाए।

बैठकले जेठ ३० गते धुलिखेलमा आयोजना हुने ३०औं दीक्षान्त समारोहको दोस्रो चरणका लागि विभिन्न स्कूलअन्तर्गत स्नातक र अन्य तहमा उपाधि हासिल गरेका १,१२९ विद्यार्थीको ग्रेस लिस्ट स्वीकृत गरेको छ। यसमध्ये ११८ जना विदेशी विद्यार्थी छन्।

बैठकले रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित ४ अर्ब ३ करोड ८० लाख रुपैयाँको बजेटसहितको कार्यक्रम पारित गरेको छ। साथै, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षको कार्यप्रगति प्रतिवेदन पनि स्वीकृत भएको छ।

विश्वविद्यालयसभाको सदस्य मनोनयनमा चन्दादाताबाट रत्ना कोइराला, लब्धप्रतिष्ठित विद्वानबाट त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडीन प्रा. डा. दिव्या सिंह, सामुदायिक स्वास्थ्य विशेषज्ञ डा. रीता थापा, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, मनोचिकित्सक अनन्तप्रसाद अधिकारी र विश्वविद्यालयका शिक्षकबाट डा. विकास अधिकारीलाई चयन गरिएको छ।

बैठकले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहयात्राको नयाँ खाकासहितको प्रतिवेदन पनि पारित गरेको छ। गत माघ ४ गतेको सभाले गठन गरेको, राष्ट्रिय योजना आयोगकी सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा रहेको सहजीकरण समितिको प्रतिवेदनअनुसार यो खाका तयार भएको हो। नयाँ व्यवस्थाअनुसार दुवै संस्थाले सहयात्राबाट अलग हुन चाहेमा एकअर्कालाई ६ वर्षअगावै जानकारी दिनुपर्नेछ।

सिनेट बैठकपछि प्रधानमन्त्री ओलीले विश्वविद्यालयका संस्थापक रजिष्ट्रार डा. सीताराम अधिकारीद्वारा लिखित ‘काठमाडौं विश्वविद्यालय: पहिलो २५ वर्ष’ पुस्तकको भाग १ र २ को लोकार्पण गरे। उनले विश्वविद्यालयको स्थापनादेखिको यात्रालाई पुस्तकले इतिहास बुझ्न सहयोग गर्ने बताए।