२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदीप ज्ञवालीको दाबी-‘विद्या भण्डारीको सदस्यता र जिम्मेवारीबारे अध्यक्षसँगको वार्तापछि संस्थागत निर्णय हुनेछ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी नेतृत्व र आफूलाई राज्यको उपल्लो पदमा पुर्‍याउने संस्थासँग छलफल नगरी एकतर्फी घोषणा गर्दा समस्या उत्पन्न भएको बताएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्किने, सदस्यता नवीकरण गरिसकेको र एमालेको अध्यक्ष बन्नका लागि फर्किएको जस्ता अभिव्यक्ति दिएकोमा ज्ञवालीले एकतर्फी घोषणा भनेका हुन् ।

यसबारेमा पार्टी अध्यक्षसँग भण्डारीले पहिले नै छलफल गरेको भए राम्रो हुने ज्ञवालीले बताए । उपमहासचिव ज्ञवालीले अहिले विद्या भण्डारीको सदस्यता नवीकरण रित नपुगेकाले स्थगनको अवस्थामा रहेको र पार्टीले त्यसबारेमा संस्थागत निर्णय गर्ने बताए । उनका अनुसार संस्थागत निर्णयअघि अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गर्दैछन् ।

अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबीच आजै एमाले केन्द्रीय कार्यालय च्यासलमा यसैबारेमा छलफल गर्ने तय भएको छ ।

उपमहासचिव ज्ञवालीले विद्या भण्डारीलाई सदस्यताबाट बन्चित गर्ने कुनै नियत र उद्देश्य नरहेको तर राष्ट्रपति पदको गरिमा कसले कायम गर्ने भन्ने कोणबाट छलफल हुन आवश्यक रहेको बताए ।

भण्डारीको सदस्यता प्रकरण एमाले विधानको प्राविधिक विषय नभएर राजनीतिक विषयकै रूपमा पार्टीले टुंगो लगाउने ज्ञवालीले प्रष्ट पारे । भण्डारीलाई राजनीतिमा स्थापित गर्नेदेखि राष्ट्रपति पदमा पुर्‍याउनेसम्म ३ दशक लामो घटनाक्रममा अध्यक्ष ओली र एमालेको संस्थागत योगदान रहेकाले कुनै कदम चाल्नुअघि पार्टीमा संस्थागत ढंगले प्रस्ताव ल्याउनुपर्ने उनको भनाइ थियो ।

एमाले उपमहासचिव ज्ञवालीसँगको विस्तृत अन्तर्वार्ता नेपाल प्रेसको फेसबुक पेज र युट्युब च्यानलमा प्रसारण हुनेछ ।