२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको दाबी-‘एकीकृत समाजवादीले जबज मान्दैन’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन भएदेखि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरू ‘जबजवादी’ नभएको कुरा स्पष्ट पारेको दाबी गरेका छन्।

पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले पार्टी विभाजन भएदेखि नै माधव नेपालले आफूहरू जबजवादी नभएको र जबज नमान्ने बताउँदै आएको उल्लेख गरे। उनले पूर्वप्रधानमन्त्री झलनाथ खनालप्रति लक्षित गर्दै पाँचौँ महाधिवेशनबाटै जबज नमान्ने घोषणा गरिसकेका स्मरण गराए।

“पछि जबज हाम्रो होइन भनेर पार्टी विभाजन भएदेखि। कोही कोही त पाँचौँ महाधिवेशनदेखि नै दक्ष प्रजापतिको टाउको भन्नेहरू स्पष्टै थियो,” ओलीले भने, “कोही कोही पछि पार्टी विभाजन भएपछि खुलेर भने हामी जबजवादी होइनौँ। जबजको पक्षमा छैनौँ। जबज मान्दैनौँ भनेर माधव नेपाल लगायतले भने। त्यो राम्रै गरे। साँचो कुरा गरे। तर साँचो कुरा गर्न यति लामो समय लाग्यो।”

प्रधानमन्त्री ओलीले कुनै समयमा ‘जबजको बाँसुरी बजाए नेता हुन पाइन्छ’ भन्दै जबजको बाँसुरी बजाउनेहरू रहेको पनि टिप्पणी गरे। उनले जबज एमाले पार्टीको सामूहिक बुद्धिको उपज भएको र मदन भण्डारीको अगुवाइमा तत्कालीन समयको सामना गर्न तयार गरिएको नीति भएको बताए।